२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

न्यूयोर्क सिटीका विद्यालयहरूमा एस्बेस्टोस परीक्षणको अवस्था अत्यन्तै कमजोर, सुरक्षामा गम्भीर लापरबाही

न्यूयोर्क सिटीका विद्यालयहरूमा एस्बेस्टोस परीक्षणको अवस्था अत्यन्तै कमजोर, सुरक्षामा गम्भीर लापरबाही

न्यूयोर्क- न्यूयोर्क सिटीका अधिकांश विद्यालयहरूमा खतरनाक पदार्थ “एस्बेस्टोस” को समयमै विशेष निरीक्षण नगरिएको पाइएको छ।

सिटी कम्प्ट्रोलर ब्राड ल्याण्डरको अडिट अनुसार १,४०० विद्यालयमध्ये १,१०० मा संघीय मापदण्ड अनुसार तीन वर्षे नियमित निरीक्षण गरिएको थिएन।

सिटी प्रशासनले नियमित निरीक्षण सफाइ कर्मचारीबाट गरिरहेको बताएको छ, तर विज्ञहरूले यो पर्याप्त नभएको बताएका छन्।

शिक्षक संघ र विद्यार्थी अधिकारकर्मीहरूले यसलाई विद्यार्थी, शिक्षक, र वातावरणका लागि गम्भीर जोखिमको रूपमा चिनाएका छन्।

यद्यपि पछिल्लो समय शहरले निरीक्षणको गति केही बढाएको कम्प्ट्रोलरको कार्यालयले जनाएको छ।