३१ चैत्र २०८१, आइतवार
13 April 2025, Sunday

युएस हलिउड तेक्वान्दो ३०औँ वर्षमा

युएस हलिउड तेक्वान्दो ३०औँ वर्षमा

न्युयोर्क- युएस वर्ड क्लास (युएसडब्लुसी) तेक्वान्दो–हलिउडले आफ्नो स्थापनाको ३०औँ वार्षिक उत्सव भव्य रूपमा मनाउने तयारी गरेको छ ।

युएसडब्लुसी तेक्वान्दो हलिउड नेपाली तेक्वान्दो प्रशिक्षक ग्रान्ड मास्टर दिवाकर महर्जनले सन् १९९५ मा अमेरिकाको ओरिगन राज्यको पोर्टल्यान्डमा स्थापना गरेका हुन।

‘‘तीन दशकको यात्रालाई हामी भव्य रूपमा स्मरण गर्दैछौँ । मे १६ देखि १८ तारिख तीन दिनसम्म विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनाइने तयारी गरिएको छ,’’ सञ्चालक तथा मुख्य प्रशिक्षक महर्जनले भने।

महर्जनका अनुसार वार्षिक उत्सवमा अमेरिकाका विभिन्न राज्य, दक्षिण कोरिया, अस्टेलिया, क्यानडा र नेपालबाट तेक्वान्दो खेलाडी तथा खेलकर्मीको सहभागिता रहने छ । सुरुको दुई दिन तेक्वान्दो सेमिनार र डान टेस्ट परीक्षा हुनेछ ।

तेक्वान्दोको हेडक्वाटरबाट आउने ग्रान्डमास्टरहरूले सेमिनारमा सबैलाई अपडेट गर्ने छन् र ब्ल्याक वेल्टदेखि माथिका डान टेस्ट परीक्षा समेत हुने छ । विभिन्न अवार्ड पनि प्रदान गरिने छ ।