२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

डोमिनिकन गणराज्यको नाइट क्लब भत्किँदा २०० भन्दा बढीको मृत्यु

डोमिनिकन गणराज्यको नाइट क्लब भत्किँदा २०० भन्दा बढीको मृत्यु

न्युयोर्क- डोमिनिकन गणराज्यको राजधानी सान्तो डोमिङ्गोस्थित ‘जेट सेट’ नामक नाइट क्लबको छाना भत्किँदा २०० भन्दा बढीको मृत्यु भएको छ। मृतकमध्ये हालै NYPD बाट अवकासप्राप्त डिटेक्टिभ इम्म्यानुएल गोमेज पनि परेका छन्।

कार्यक्रमको समयमा क्लबमा संगीतकार, सरकारी अधिकारी, खेलाडी लगायतको उपस्थिति थियो। घटनामा चर्चित मेरङ्ग गायक रुबी पेरेज, पूर्व MLB खेलाडीहरू, संयुक्त राष्ट्रसंघका एक पूर्व अधिकारी, फेसन डिजाइनर लगायत प्रतिष्ठित व्यक्तिहरूको ज्यान गएको छ।

१८० भन्दा बढीलाई जीवितै उद्धार गरिएको भए पनि अझै केही बेपत्ता छन्। घटनाको कारण खुल्न बाँकी रहेको र सरकारद्वारा छानबिन सुरु हुने बताइएको छ।