५ बैशाख २०८२, शुक्रबार
18 April 2025, Friday

न्यूयोर्कको सबवे ट्रेनमा शवमाथि यौन दुर्व्यवहार गर्ने व्यक्तिको खोजीमा न्यूयोर्क प्रहरी

न्यूयोर्कको सबवे ट्रेनमा शवमाथि यौन दुर्व्यवहार गर्ने व्यक्तिको खोजीमा न्यूयोर्क प्रहरी

न्यूयोर्क- न्यूयोर्क शहरको सबवे ट्रेनमा एक व्यक्तिले शवमाथि यौन दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि, न्यूयोर्क प्रहरी विभाग (NYPD) ती व्यक्तिको खोजीमा जुटेको छ। अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार उक्त घटना आर (R) लाइनको ट्रेनमा घटेको हो।

अनुसन्धानकर्ताहरूका अनुसार शव सम्भवतः घण्टौंदेखि ट्रेनमै रहेको थियो, र त्यसपछि उक्त दु:खद तथा आपत्तिजनक घटना घटेको हो। घटनाको अनुसन्धान बुधबार बिहान ह्वाइटहोल स्टेसनमा ट्रेनभित्र शव फेला परेपछि सुरु गरिएको थियो।

प्रहरीले तुरुन्तै मेट्रो ट्रान्जिट अथोरिटी (MTA) को सबवे क्यामेरा फुटेज जाँच गरेको र त्यहाँ शवमाथि यौन क्रियाकलाप गरिरहेको भिडियो फेला परेको जनाएको छ।

स्रोतहरूका अनुसार, अभियुक्तले ट्रेनको डब्बा खाली हुने मौका कुरेर शवमाथि विभिन्न यौन दुर्व्यवहार गरे वा प्रयास गरे। उनले शवलाई सिटबाट तानेर भुइँमा ल्याएर केही मिनेटसम्म क्रियाकलाप गरेको देखिन्छ।

प्रहरीले घटनाबारे जानकारी हुने जो कोहीलाई तत्काल 1-800-577-TIPS मा सम्पर्क गर्न अनुरोध गरेको छ।