टेरेन्टन, न्यु जर्सीमा आमा र छोरी घरमै मृत फेला
- ०१ बैशाख २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- टेरेन्टन, न्यु जर्सीस्थित एक घरभित्र आमा र उनकी किशोरी छोरी मृत अवस्थामा फेला परेपछि घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ।
शनिबार, २०८१ वैशाख १ गते (अप्रिल १२, २०२५) बिहान करिब १०:३० बजे, प्रहरीलाई दुई जनाको मृत शरीर भेटिएको भन्ने ९११ कल प्राप्त भएपछि उनीहरू पश्चिम स्टेट स्ट्रिटको ३०० ब्लकस्थित एक घरमा पुगेका थिए।
प्रहरीले घटनास्थलमा तेस्रो तलाको कोठामा १३ वर्षीया किशोरी र तेस्रो तलातर्फ जाने भर्याङमा ४० वर्षीया महिला मृत अवस्थामा भेटिएको जनाएका छन्। दुवैको शरीरमा गोली प्रहारका चोटहरू देखिएका थिए र घटनास्थलमै मृत घोषणा गरिएको थियो।
ट्रेन्टनका मेयर डब्लु. रीड गुसियोराले मृतकहरूलाई मालिका ह्वाइटिङ र उनकी छोरी जाइराह बिग्सको रूपमा पहिचान गरेका छन्।
“यो हृदयविदारक हिंसात्मक घटनाले हाम्रो समुदायलाई स्तब्ध बनाएको छ,” गुसियोराले विज्ञप्ति जारि गरेका छन। “उक्त परिवार हाम्रो समुदायसँग गहिरो रूपमा आबद्ध थियो। कुनै पनि आमा र छोरी यसरी हिंसात्मक तरिकाले यो संसारबाट जानु नपरोस्।”
अनुसन्धानकर्ताहरूका अनुसार घटनामा संलग्न हुनसक्ने एक व्यक्ति अन्य अभियोगमा हिरासतमा छन्, तर यो दोहोरो हत्याकाण्डमा अहिलेसम्म कसैलाई औपचारिक रूपमा पक्राउ गरिएको छैन। अनुसन्धान जारी रहेको बताइएको छ।
“मालिका र जाइराहका परिवार, आफन्तजन, साथीभाइप्रति हाम्रो गहिरो समवेदना प्रकट गर्दछौं,” गुसियोराले थपे। “हामी सहरवासी सबैजना दुःखमा तपाईंहरूका साथ छौं। विद्यालयहरूमा संकट सल्लाहकार (Crisis Counselors) उपलब्ध हुनेछन्। साथै, पश्चिम स्टेट स्ट्रिटको काडवालाडर पार्कमा प्रार्थना सभा आयोजना गरिनेछ।”
यो घटनाको अनुसन्धान ट्रेन्टन प्रहरी र मर्सर काउन्टी होमिसाइड टास्क फोर्सले संयुक्त रूपमा गरिरहेको छ।