रायकरस आइल्याण्डमा ICE अधिकारी पठाउने मेयर एडम्सको योजना विरुद्ध न्यूयोर्क सिटी काउन्सिलको मुद्दा
- ०३ बैशाख २०८२
- १ मिनेटको पढाई
न्यूयोर्क – न्यूयोर्क सिटी काउन्सिलले मेयर एरिक एडम्सविरुद्ध संघीय आप्रवासन अधिकारीहरूलाई रायकरस आइल्याण्ड जेल परिसरमा कार्यालय खोल्न अनुमति दिएको भन्दै मुद्दा दायर गरेको छ।
मंगलबार दर्ता गरिएको उक्त मुद्दामा सिटी काउन्सिलले एडम्समाथि व्यक्तिगत फाइदाको लागि कार्यकारी आदेश जारी गरेको आरोप लगाएको छ। काउन्सिलको दाबीअनुसार, एडम्सले ट्रम्प प्रशासनसँग आपराधिक मुद्दा खारेज गराउने सर्तमा ICE अधिकारीहरूलाई जेलभित्र प्रवेश दिने सहमति गरेका हुन्।
मेयरका प्रवक्ताले भने मुद्दालाई “निराधार” भन्दै न्यूयोर्कवासीहरूलाई हिंसात्मक अपराधीहरूबाट बचाउन यो कदम आवश्यक भएको प्रतिक्रिया दिएका छन्।
ICE अधिकारीहरू २०१४ सम्म रायकरस आइल्याण्डमा सक्रिय थिए तर स्यान्क्चुरी कानूनअनुसार त्यसपछि प्रतिबन्ध लगाइएको थियो।
तर गत डिसेम्बरमा ट्रम्पका सीमाना सुरक्षा प्रमुख टोम होमनसँगको भेटपछि एडम्सले स्यान्क्चुरी कानूनमा ‘अपवाद’ खोजिरहेको बताएका थिए। फेब्रुअरीमा अर्को बैठकपछि, एडम्सले ICE अधिकारीहरूलाई पुन: जेलमा ल्याउने घोषणा गरे, विशेष गरी ग्याङ र लागुऔषध अनुसन्धानमा सहयोग गर्नका लागि उनले यस्ताे घाेषणा गरेका हुन।
यस घोषणाको केही दिनपछि न्याय मन्त्रालयले एडम्समाथिको आपराधिक मुद्दा फिर्ता लिन संघीय अभियोजन पक्षलाई निर्देशन दिएको थियो — जसलाई आलोचकहरूले “सोधपुछको साटो फाइदा” (quid pro quo) को संज्ञा दिएका छन्।
संकट समाधानको प्रयासस्वरूप एडम्सले उक्त कार्यकारी आदेशमा हस्ताक्षर आफ्ना प्रथम उपमेयर र्याण्डी मास्ट्रोलाई गर्न लगाएका थिए। तर सिटी काउन्सिलले यस कदमलाई “अवैधानिक र अभूतपूर्व” बताउँदै भनेको छ, “कुनैपनि मेयरले कार्यकारी आदेश हस्तान्तरण गरेका छैनन्, र अहिलेसम्म कार्यकारी आदेशमा हस्ताक्षर सधैं मेयरले गरेका छन्।”
एडम्स अहिले स्वतन्त्र उम्मेदवारको रूपमा पुनः निर्वाचनको तयारीमा छन्। तर सिटी काउन्सिलकी अध्यक्ष एद्रियन एडम्स, जो मेयरको प्रतिस्पर्धी पनि हुन्,उनि भन्छिन्, “मेयर एडम्सले सहरको सम्प्रभुतामा सम्झौता गरेका छन्। हामी यो गैरकानुनी आदेश रोक्न मुद्दा दायर गरिरहेका छौं, जुन उनले ट्रम्पको सरोकारवाला अधिकारीसँग भनेका थिए।”