न्यूर्क कार्गो जहाजमा आगलागी : नेतृत्व र तालिमको अभावले दुई अग्नि नियन्त्रकको ज्यान गयो
- ०३ बैशाख २०८२
- १ मिनेटको पढाई
न्यूयोर्क -जुलाई २०२३ मा न्यूर्क बन्दरगाहमा इटालियन झण्डा भएको जहाज “Grande Costa D’Avorio” मा लागेको आगलागीमा दुई अग्नि नियन्त्रकको ज्यान गएको घटनाबारे अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (NTSB) ले अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ।
प्रतिवेदनमा न्यूर्क दमकल विभागको नेतृत्वमा असफलता र समुन्द्री आगो नियन्त्रण सम्बन्धी तालिमको गम्भीर अभाव रहेको निष्कर्ष निकालिएको छ। आगो एक जीपबाट सुरु भएको थियो जुन OSHA मापदण्ड विपरीत कारहरू धकेल्न प्रयोग गरिएको थियो।
कार्बन डाइअक्साइड आगो नियन्त्रण प्रणाली पूर्ण रूपमा काम गर्न नसक्नु, समुचित पूर्व योजना नहुनु, र अग्नि नियन्त्रकहरूलाई आवश्यक तालिम नदिइ जहाजभित्र पठाइनुले दुर्घटना भयावह बनाएको बताइएको छ।
मेयर र सार्वजनिक सुरक्षा निर्देशकले अग्नि नियन्त्रकहरूको साहसको प्रशंसा गर्दै अहिले सबैलाई आवश्यक तालिम दिइसकिएको बताएका छन्। एनटीएसबीले भविष्यमा यस्ता दुर्घटना रोक्न तालिम र सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने सिफारिस गरेको छ।