डेमोक्र्याटहरू नागरिकभन्दा अवैध आप्रवासीहरूलाई प्राथमिकता दिनु ‘चमत्कारीपूर्ण’ : ह्वाइट हाउस
- ०३ बैशाख २०८२
- १ मिनेटको पढाई
वासिङटन- ह्वाइट हाउसले कङ्ग्रेसमा रहेका डेमोक्र्याट सांसदहरूलाई आफ्नै नागरिकहरू भन्दा “अवैध आप्रवासी गिरोहका सदस्यहरू” लाई प्राथमिकता दिएको आरोप लगाएको छ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै भनिन्, “आधुनिक डेमोक्र्याट पार्टीको प्राथमिकता साँच्चै नै चमत्कारीपूर्ण छ।”
“कङ्ग्रेसका डेमोक्र्याट सांसदहरूले आफ्ना नागरिकहरूलाई सुरक्षा दिने र वासिङ्टन डीसीमा तिनीहरूको सेवा गर्ने शपथ लिन्छन्, तर अहिले उनीहरू अवैध आप्रवासी गिरोह सदस्यहरूलाई बचाउन आफ्ना कानून मान्ने नागरिकहरूभन्दा बढी समय खर्च गरिरहेका छन्, जुन कुरा अत्यन्तै निन्दनीय छ,” उनले थपिन्।
यो टिप्पणी त्यतिबेला आएको हो, जब मेरील्याण्डका डेमोक्र्याट सिनेटर क्रिस भान होलनले अमेरिकी न्याय विभागले “प्रशासनिक त्रुटि” का कारण एल साल्भाडोर फिर्ता पठाएको एक मेरील्याण्ड निवासीको अवस्था बुझ्नका लागि एल साल्भाडोर यात्रा गर्न सक्ने संकेत गरेका थिए। यदि उक्त व्यक्ति “साता मध्य” सम्म अमेरिकामा फर्किएन भने उनी स्वयं त्यहाँ जाने बताएका छन्।
ट्रम्प प्रशासन र एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेबीच सोमबार ह्वाइट हाउसमा भएको छलफलमा दुबै पक्षले सो व्यक्ति, अब्रेगो गार्सियालाई फर्काउने अधिकार आफूहरूसँग नभएको बताएका थिए। ट्रम्प प्रशासनले गार्सियासँग कुख्यात एमएस-१३ गिरोहसँग सम्बन्ध रहेको दाबी गरेको छ।
यसैबीच, सर्वोच्च अदालतले विगतको अदालतको आदेशलाई सदर गर्दै सरकारलाई अब्रेगो गार्सियालाई एल साल्भाडोरको हिरासतबाट मुक्त गराउन र अमेरिकाबाट अवैध रूपमा हटाइएको भए जस्तो व्यवहार गर्न निर्देशन दिएको छ।
संयुक्त राज्य अमेरिका फिर्ता ल्याउने विषयमा एल साल्भाडोरका राष्ट्रपति बुकेले भने, “म कसरी आतंकवादीलाई फेरि अमेरिका भित्र्याउन सक्छु? मसँग त्यो अधिकार छैन,” भन्दै उक्त कुरा ‘असम्भव’ भएको बताए।
त्यसैगरी सिनेटर भान होलनले पनि सोमबार भनेका छन्, “यदि अब्रेगो गार्सिया मध्य साता सम्म अमेरिका फर्किएन भने म स्वयं एल साल्भाडोर गएर उनको अवस्था र रिहाइबारे बुझ्नेछु।”