२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

म्यानह्याटनको डेली पसलमा छुरा प्रहार : १ को मृत्यु, २ घाइते

म्यानह्याटनको डेली पसलमा छुरा प्रहार : १ को मृत्यु, २ घाइते

न्युयोर्क- म्यानह्याटनको इनवुड क्षेत्रमा रहेको एक डेली पसलमा बुधबार साँझ भएको छुरा प्रहारको घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। न्यूयोर्क प्रहरी विभाग (NYPD) का अनुसार, यो घटना साँझ करिब ५:३० बजे ब्रडवेस्थित अमीर डेली एण्ड ग्रिलमा भएको हो।

प्रहरी घटनास्थलमा पुग्दा तीन जना छुरा प्रहारबाट घाइते अवस्थामा भेटिएका थिए। २४ वर्षका एक युवकको घाँटीमा छुरा प्रहार भएको थियो। उनलाई निजी सवारीमार्फत न्यूयोर्क-प्रेस्बिटेरियन एलन अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु भएको घोषणा गरिएको हो।

२० वर्षका एक युवकको घाँटीमा चिरेको चोट लागेको छ भने २१ वर्षका अर्का युवकको हात र ढाडमा छुरा लागेको बताइएको छ। यी दुबै घाइतेको अवस्था स्थिर रहेको NYPD ले जानकारी दिएको छ।

घटनाको अनुसन्धानमा संलग्न एक श्रोतका अनुसार, यो घटना वादविवादपछि भएको हुन सक्ने आशंका गरिएको छ।

हाल घटनासँग सम्बन्धित कम्तीमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मृतक युवकको नाम उनको परिवारलाई जानकारी नदिउञ्जेल सार्वजनिक नगरिने प्रहरीको भनाइ छ।