२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

कन्याटिकटमा प्रेमिकाको हत्या अभियोगमा जोसे मोरालेस दोषी ठहर

कन्याटिकटमा प्रेमिकाको हत्या अभियोगमा जोसे मोरालेस दोषी ठहर

न्युयोर्क- कन्या टिकटका जोसे मोरालेसलाई आफ्नी प्रेमिका क्रिस्टिन हलावेको २०१९ डिसेम्बरमा हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको छ। यससँगै उनले प्रमाण नष्ट गरेको आरोपमा समेत दोषी ठहर पाएका छन्।

मोरालेसलाई हलावेको अनसोनिया स्थित घरमा हत्या गरेको आरोपमा मुद्दा लगाइएको थियो। प्रहरीले २०१९ डिसेम्बर २ मा हलावेको शव उनको घरमा फेला पारेका थिए।

उनीहरूकी छोरी भानेसा मोरालेस त्यतिबेला १४ महिनाकी थिइन्, र घटनाको समयमा घरमा उपस्थित थिइनन्। घटनापछि हालसम्म पनि उनको कुनै अत्तोपत्तो लागेको छैन।

मोरालेसलाई हलावेको हत्यासम्बन्धी घटनामा सन् २०२० फेब्रुअरी ७ मा पक्राउ गरिएको थियो।

मुद्दाको दशौं दिन, सोमवार दुवै पक्षका वकिलहरूले अन्तिम दावी प्रस्तुत गरेपछि मुद्दा निर्णायक रूपमा न्यायाधीशको इजलासबाट निर्णायक मण्डली (जुरी) मा सुम्पिएको थियो।

जुरीले करिब चार घण्टाको विचारपछि मोरालेसलाई दोषी ठहर गरेको हो।

अब अदालतले उनको सजाय सुनाउने मिति तय गर्नेछ। हत्या र प्रमाण नष्ट गर्ने जस्ता गम्भीर अभियोगमा मोरालेसलाई दीर्घकालीन जेल सजाय हुनसक्ने अनुमान गरिएको छ।