११ बैशाख २०८२, बिहिबार
24 April 2025, Thursday

हार्लेममा गोलीकाण्ड : निर्दोष ६१ वर्षीया महिलाको मृत्यु, एक जना पक्राउ

हार्लेममा गोलीकाण्ड : निर्दोष ६१ वर्षीया महिलाको मृत्यु, एक जना पक्राउ

न्युयोर्क- हार्लेममा मङ्गलवार राति भएको गोलीकाण्डमा टाउकोमा गोली लागेका कारण एक ६१ वर्षीया निर्दोष महिलाको मृत्यु भएको छ भने एक जना पुरुष घाइते भएका छन्।

प्रहरीका अनुसार, राति ११:३० बजेभन्दा केहीअघि वेस्ट ११३ स्ट्रिट र लेनोक्स एभेन्यू नजिक गोली चलिरहेको आवाज सुनेपछि प्रहरी घटनास्थलमा पुगेका थिए।

प्रहरी त्यहाँ पुग्दा एक महिला पसलहरूको अगाडि टाउकोमा गोली लागेको अवस्थामा फेला परेकी थिइन्। उनलाई अस्पताल लगिएको थियो तर चिकित्सकहरूले मृत घोषणा गरे।

घटनास्थलमै एक २३ वर्षीय युवक पनि बाँया खुट्टामा गोली लागेको अवस्थामा फेला परेका थिए। उनलाई उपचारका लागि अस्पताल लगिएको छ र उनको अवस्था सामान्य रहेको बताइएको छ। उनी लक्षित व्यक्ति थिए वा थिएनन् भन्ने विषय अझै स्पष्ट भएको छैन।

प्रहरीले एक जना संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान जारी छ।

प्रहरीले मृतक महिलाको नाम हालसम्म सार्वजनिक गरेका छैनन्।