११ बैशाख २०८२, बिहिबार
24 April 2025, Thursday

केही अमेरिकी नागरिकहरूलाई समेत देश छोड्न आदेश — आप्रवासी समुदायमा भ्रम र डर

केही अमेरिकी नागरिकहरूलाई समेत देश छोड्न आदेश — आप्रवासी समुदायमा भ्रम र डर

म्याकएलेन — “देश छोड्न तुरुन्त तयार होस्, नत्र निर्वासनको सामना गर्नुहोस्” भन्ने अमेरिकी गृह सुरक्षा विभाग (DHS) को इमेल पाएपछि हुबर्ट मोंटोया हाँस्दै चकित भए। उनी स्वयं अमेरिकी नागरिक हुन्।

“यो हास्यास्पद लाग्यो,” टेक्सासको अस्टिनमा बस्ने आप्रवासन वकिल मोंटोयाले भने।

यो गल्ती, ट्रम्प प्रशासनले बाइडेन प्रशासनको अर्को आप्रवासन नीति खारेज गर्दा भएको गडबडी हो। DHS अन्तर्गतको CBP One नामक मोबाइल एप प्रयोग गरेर मेक्सिको–अमेरिका सीमा हुँदै प्रवेश पाएका ९ लाखभन्दा बढी मानिसको दुई वर्षे अस्थायी अनुमति अचानक रद्द गर्न थालिएको छ।

तर यो निर्णय Temporary Protected Status (TPS) जस्ता कार्यक्रमहरू खारेज गर्दा जस्तो सरकारी विज्ञप्ति, प्रेस नोट वा अदालतसम्मको कार्यवाही बिना, चुपचाप गरिएको छ। मार्चको अन्त्यदेखि हजारौं व्यक्तिहरूलाई ‘देश छोड्न’ निर्देशन दिइएको इमेल पठाइएको छ — कसैलाई तुरुन्तै, कसैलाई ७ दिनको समय दिइएको छ।

केही इमेल अमेरिकी नागरिकहरूसमेत पठाइएको देखिएको छ।

ह्युस्टनका वकिल टिमोथी जे. ब्रेनर, जो कनेक्टिकटका जन्मेका अमेरिकी हुन्, अप्रिल ११ मा अमेरिका छोड्नू भन्ने सूचना पाएपछि भने, “मलाई लाग्यो प्रशासनले आप्रवासन वकिलहरूको नामको कुनै लिस्ट तयार पारेको छ र उनीहरूलाई लक्षित गरेर डर देखाइरहेको छ।”

CBP ले यस्तो सूचना केही ‘अनिच्छित व्यक्तिहरू’ लाई गएको हुनसक्ने स्वीकार गरेको छ। केही अवस्थामा, जब अमेरिकी नागरिकको सम्पर्क विवरण प्रयोग गरिएको थियो, त्यहाँ गल्ती भएको बताइएको छ। यी घटना केस-बाई-केस रूपमा हेर्ने बताइएको छ।

न्यायिक कार्यकर्ता हिलारी ली भन्छिन्, “हामी कहाँ यस्ता सूचनाहरू कुन कुन व्यक्तिलाई पठाइयो भन्ने जानकारी नहुनु नै ठूलाे समस्या हो। यसले समुदायमा डर र अन्योलको वातावरण बनाएको छ।”

मानवअधिकार संस्था ‘Human Rights First’ का वरिष्ठ निर्देशक रोबिन बार्नार्ड भन्छिन्, “CBP One बाट प्रवेश गरेका व्यक्तिहरू जब सामुदायिक च्याटमा आफ्ना साथीहरूले नोटिस पाएको देख्छन् र आफूले नपाएको अवस्था आउँछ, त्यो डरावना हुन्छ।”

केही वकिलहरूका अनुसार, CBP One लाभार्थीहरूमध्ये धेरैजसो अझै एक वर्षे अवधि भित्र आश्रय निवेदन दिन सक्ने अवस्थामा छन्।

साथै, अदालतका आदेशअनुसार हटाइएको निर्णयका कारण क्युबा, हैटी, निकारागुआ र भेनेजुएलाबाट आएका ५००,००० भन्दा बढी मानिसको निष्कासन हालका लागि रोकिएको छ।

मारिया, ४८ वर्षीय निकारागुवाली महिला, जसले ट्रम्पको निर्वाचनको स्वागत गरेकी थिइन्, पनि त्यही प्रक्रियाबाट अमेरिका आएकी थिइन्। जब उनलाई देश छोड्नू भन्ने नोटिस आयो, उनले भनिन्, “जस्तो बम विस्फोट भयो, शरीर नै जाम भयो।”

फ्लोरिडाबाट टेलिफोनमार्फत बोल्दै उनले भनिन् कि आफू घर सफा गरेर जीविकोपार्जन गरिरहेकी छिन् र आश्रयको लागि निवेदन दिने तयारीमा छिन्।