१४ बैशाख २०८२, आइतवार
27 April 2025, Sunday

सिटी हल सबवे स्टेसनमा छुरा प्रहार, एकजनाको मृत्यु

सिटी हल सबवे स्टेसनमा छुरा प्रहार, एकजनाको मृत्यु

न्यूयोर्क – शुक्रबार बिहानको भीडभाडको समयमा म्यानह्याटनस्थित सिटी हल सबवे स्टेसनमा भएको छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ।

प्रहरी स्रोतका अनुसार ३८ वर्षीय पीडितलाई छातीमा दुई पटक छुरा हानिएको थियो। उक्त घटना ब्रुकलिन ब्रिज–सिटी हल स्टेसनको दक्षिणतर्फको प्लेटफर्म (४, ५, ६ नम्बर रेल) मा बिहान ९ बजेभन्दा अघि भएको हो। आक्रमणकारी घटनास्थलबाट फरार भएको र अहिलेसम्म पक्राउ नपरेको जनाइएको छ।

स्रोतहरूका अनुसार ट्रेनमा यात्रा गर्दै गर्दा जुत्ता टेक्ने विषयमा विवाद सुरु भएको थियो। कुन व्यक्तिले कसको जुत्तामा पाइला टेके भन्ने स्पष्ट नभए पनि त्यसपछि उनीहरूबीच भनाभन भएको र सोही विवाद हिंसात्मक झगडामा परिणत भएको बताइएको छ।

दुवै जनाले सवार रहेको उत्तरतर्फ गइरहेको ५ नम्बर ट्रेनबाट झगडा प्लेटफर्मसम्म पुगेको थियो। सो क्रममा ३८ वर्षीय जोन सेल्डन ढलेका थिए। गम्भीर अवस्थामै उनलाई अस्पताल लगिएको थियो तर उपचारका क्रममा उनको मृत्यु भयो।

प्रहरीले घटनाको अनुसन्धान जारी राखेको जनाएको छ।