अमेरिकामा कोस्ट गार्ड सदस्यकी पत्नी भिसा म्याद सकिएपछि पक्राउ
- १४ बैशाख २०८२
- १ मिनेटको पढाई
वासिङ्गटन – अमेरिकी कोस्ट गार्ड सदस्यकी पत्नीलाई फ्लोरिडाको की वेस्टस्थित नौसेना वायु स्टेसनको आवास क्षेत्रमा भिसा म्याद सकिएपछि पक्राउ गरिएको छ।
उनको कार्य भिसा सन् २०१७ मा सकिएको र केही वर्षपछि निष्कासन आदेश जारी भएको थियो। यस वर्षको सुरुमै उनी र कोस्ट गार्ड सदस्यले विवाह गरेका थिए। सैनिक आवासमा सर्न सुरक्षा जाँचका क्रममा उनको नाम फेला परेको हो।
नेभल क्रिमिनल इन्भेष्टिगेसन सर्भिस (NCIS) र होमल्याण्ड सेक्युरिटी इन्भेष्टिगेसन (HSI) को सहयोगमा उनलाई बिहीबार घरमै पुगेर पक्राउ गरिएको हो।
उनको राष्ट्रियता सार्वजनिक गरिएको छैन। अहिले पनि उनी हिरासतमा रहेको अनुमान गरिएको छ।
नेभी र कोस्ट गार्डले घटनामा पूर्ण सहकार्य गरेको बताएका छन्।