पानीमा तैरिरहेको अवस्थामा भेटिएको युवकको शवकाे हत्या भएको पुष्टि
- १५ बैशाख २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- यस महिनाको सुरुमा लङ आइल्याण्डको डक नजिक पानीमा तैरिरहेको अवस्थामा भेटिएको युवकको मृत्युलाई प्रहरीले हत्या भएको पुष्टि गरेको छ।
नासाउ काउन्टी प्रहरीले अप्रिल ८ तारिख बिहान ११ बजे रेलरोड प्लेस नजिकको डकमा शव फेला परेको जनाएको छ।
१५ देखि २० वर्ष उमेरका, कालो वा हिस्पानिक जातीयताको, करिब ५ फिट ४ इन्च अग्ला र १३० पाउन्ड तौल भएका युवक बेज रंगको टिसर्ट र कालो कार्गो जोगर्स लगाइएका थिए।
पोस्टमार्टम रिपोर्ट अनुसार युवकलाई कुटपिट र छुरा प्रहार गरिएको पाइएको छ। प्रहरीले मृतकको पहिचानका लागि सार्वजनिक सहयोग मागेको छ।