१५ बैशाख २०८२, सोमवार
28 April 2025, Monday

अवैध आप्रवासीलाई खाद्य सहायता नदिने कडाईको आदेश

अवैध आप्रवासीलाई खाद्य सहायता नदिने कडाईको आदेश

न्यूयोर्क- ट्रम्प प्रशासन अन्तर्गत अमेरिकी कृषि विभाग (USDA) ले राज्य सरकारहरूलाई आदेश दिएको छ कि अवैध आप्रवासहरूले खाद्य स्ट्याम्प (SNAP) जस्ता संघीय सहायता नपाओस् भन्ने सुनिश्चित गर्न कडाइपूर्वक काम गरियोस्।

कृषि सचिव ब्रुक रोलिन्सले फक्स न्युज डिजिटलसँगको अन्तर्वार्तामा भने, “हामी मिनेसोटा, न्यूयोर्क र कोलोराडोमा पहिले नै पक्राउ गरिसकेका छौं, र अझ धेरै गरिनेछ।”

राज्यहरूलाई आवेदनकर्ताको सामाजिक सुरक्षा नम्बर जाँच गर्न, मृत्यु दर्ता फाइल तथा ‘SAVE’ प्रणाली प्रयोग गर्न भनिएको छ। SNAP लाभ केवल अमेरिकी नागरिक र निश्चित कानुनी आप्रवासीहरूलाई मात्र मिल्ने हो।

ट्रम्प प्रशासनले करदाताको रकमको दुरुपयोग रोक्न र अरबौं डलरको ठगी कटौती गर्ने लक्ष्य राखेको बताइएको छ।

यसै बीच, SNAP कार्यक्रम सुधारका लागि अन्य प्रस्ताव पनि आएका छन्, जस्तै अर्कान्सस राज्यले खाद्य स्ट्याम्पबाट चकलेट, पेय पदार्थ (सोडा) हटाउने र ताजा रोटिसरी चिकनलाई सामेल गर्ने अनुरोध गरेको छ।