१ असार २०८२, आइतवार
15 June 2025, Sunday

पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

काठमाडाैँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराई र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ।

प्रगतिशील नेपाली समाजको अधिवेशनमा भाग लिन शुक्रबार भारत पुगेका अध्यक्ष डा.भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच साेमबार नयाँ दिल्लीमा भेटवार्ता भएको हाे।

भेटका क्रममा उनीहरूबीच दुई देशकाे सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे सकारात्मक छलफल भएको पूर्वप्रधानमन्त्री भट्टराईको सचिवालयले जनाएकाे छ।

सचिवालयका अनुसार दुई देशबीचको आर्थिक सम्बन्धलाई कसरी नयाँ उचाइमा पुर्‍याउने र थप प्रभावकारी बनाउने भन्नेबारे छलफल भएको छ।

भेटमा भट्टराईले भारतको पहलगाममा भएको आतंकवादी हमलाबारे दु:ख व्यक्त गर्दै निन्दा गरेका थिए।