१५ बैशाख २०८२, सोमवार
28 April 2025, Monday

शिक्षक आन्दोलन २७औं दिन जारी

शिक्षक आन्दोलन २७औं दिन जारी

काठमाडौं – शिक्षा आन्दोलनको २७ औं दिन आज(सोमबार) पनि जारी छ ।

आन्दोलनको २६ औँ दिन हिजो आइतबार बानेश्वरमा भएको झडपको घटनापछि पनि आज शिक्षकहरुले आन्दोलनलाई थप चर्काएका छन् । सोमबार विजुलीबजार क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

सडकमा उठेका आवाजलाई वार्ताबाट मत्थर पार्नुको सट्टा दमन गर्ने सरकारको नियतले मानवीय र भौतिक क्षति निम्तिएको भन्दै शिक्षकहरुले आन्दोलनका कार्यक्रमहरुलाई थप शसक्त बनाएका हुन् ।

आइतबार शिक्षक आन्दोलनमा पनि प्रहरीले लाठी, बुट र पानीको फोहोरा हानेर बल प्रयोग गर्दा ६२ शिक्षक घाइते भएका थिए । झडपको घटनापछि नेपाल शिक्षक महासंघले देशभरका शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलनका लागि आब्हान गरिसकेका छन् ।

यता, आँखा, टाउको, खुट्टा, नाक र मुखमा चोट लागेका नौ शिक्षक अस्पतालमा उपचाररत छन् । चारजनाको सिभिल, तीनजनाको ट्रमा सेन्टर र दुईजनाको एभरेस्ट अस्पतालमा उपचार भइरहेको छ । मुठभेडमा पाँच प्रहरी पनि घाइते भएका छन्।