६ चैत्र २०८२, शुक्रबार
20 March 2026, Friday

जापानका सबैभन्दा वृद्ध व्यक्तिको ११५ वर्षको उमेरमा निधन

जापानका सबैभन्दा वृद्ध व्यक्तिको ११५ वर्षको उमेरमा निधन

जापानको सबैभन्दा वृद्ध जीवित व्यक्तिका रूपमा चिनिएकी ११५ वर्षीया ओकागी हयाशीको हृदयघातका कारण निधन भएको छ ।

जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले हयाशीको हृदयघातका कारण मृत्यु भएको सोमबार पुष्टि गरेको हो ।

सेप्टेम्बर १९०९ मा जन्मिएकी हयाशीको २६ अप्रिल (शनिबार) गिफु प्रान्तको आफ्नो गृहनगर टोकीको एक अस्पतालमा निधन भएको हो ।

गत वर्षको डिसेम्बरमा ११६ वर्षको उमेरमा ह्योगो प्रान्तको आसिया शहरकी एक महिलाको निधन भएपछि उनी देशकै सबैभन्दा वृद्ध व्यक्ति बनेका थिए।

हयासीको मृत्युसँगै अब जापानको सबैभन्दा वृद्ध व्यक्ति आइची प्रान्तको कोटाकी ११४ वर्षीया माइन कोन्डो बनेकि थिइन ।