न्यूयोर्कका विद्यालयहरूमा बेलदेखि बेलसम्म मोबाइल फोन प्रतिबन्ध लगाउने तयारी
- १६ बैशाख २०८२
- १ मिनेटको पढाई
न्यूयोर्क- न्यूयोर्क राज्यमा आगामी शैक्षिक सत्रदेखि सार्वजनिक विद्यालयहरूमा विद्यार्थीहरूका लागि “बेलदेखि बेलसम्म” (विद्यालय सुरु भएदेखि छुट्टी नभएसम्म ) मोबाइल फोन प्रतिबन्ध लागू हुने भएको छ। यो निर्णय राज्यको गभर्नर केथी होचुलले सोमबार साँझ बजेट सम्झौतासँगै घोषणा गरेकी हुन्।
गभर्नर होचुलले भनिन्:
“हामीले पहिले पनि बच्चाहरूलाई चुरोट, मदिरा र नशामा गाडी चलाउनेजस्ता कुराबाट जोगाएका थियौं। अब हामी उनीहरूलाई त्यस्ता प्रविधिबाट जोगाउँदैछौं जुन उनीहरूको ध्यान कब्जा गर्न डिजाइन गरिएको हो।”
मुख्य बुँदाहरू:
– प्रतिबन्ध अवधि: विद्यालय खुल्ने घण्टामा (bell-to-bell) मोबाइल चलाउन नपाइने।
– लागु हुने समय: सन् २०२५ को शैक्षिक सत्रदेखि।
– प्रवर्तन अधिकार: विद्यालयहरूले कसरी मोबाइल राख्ने भन्ने निर्णय आफ्नै तरिकाले गर्न पाउनेछन्।
– छूट:
– चिकित्सकीय आवश्यकता भएका विद्यार्थीहरू
– सिकाइ अपांगता भएका विद्यार्थीहरू
– अंग्रेजी नबोल्ने विद्यार्थीहरू
यो प्रतिबन्ध पारित भएमा, न्यूयोर्क पनि क्यालिफोर्निया, फ्लोरिडा, लुइजियाना, मिनेसोटा, ओहायो, भर्जिनिया लगायतका कम्तीमा ८ राज्यहरूको सूचीमा सामेल हुनेछ, जहाँ यस्तो प्रकारको स्कूल मोबाइल प्रतिबन्ध लागू भइसकेको छ।
केही अभिभावकहरूले आपतकालीन परिस्थितिमा आफ्ना छोराछोरीसँग सम्पर्क गर्न नपाउने भन्दै यस्तो प्रतिबन्धको विरोध गरेका छन्। यही कारणले गर्दा न्यूयोर्क सिटी स्कुल डिस्ट्रिक्ट (अमेरिकाको सबैभन्दा ठूलो) ले गत वर्ष मोबाइल प्रतिबन्धको छलफललाई रोकेको थियो।
यो निर्णय $254 अर्ब बराबरको राज्य बजेटमा समावेश छ, जसलाई यो हप्ता विधानसभाबाट पारित गरिने अपेक्षा गरिएको छ।