१८ बैशाख २०८२, बिहिबार
1 May 2025, Thursday

मोहन रानाभाटको नेतृत्वमा रानाभाट समाज घिरिङमा नयाँ कार्यसमिति चयन

मोहन रानाभाटको नेतृत्वमा रानाभाट समाज घिरिङमा नयाँ कार्यसमिति चयन

तनहुँ- रानाभाट/भाट समाज नेपाल घिरिङ गाउँपालिकाको छैटौं पालिका अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। “सामाजिक सद्भाव र रानाभाट/भाट समुदायबीच एकता” भन्ने मूल नारासहित आयोजित अधिवेशनले मोहन रानाभाटलाई समाजको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

मोहन रानाभाटको अध्यक्षतामा गठित १३ सदस्यीय नयाँ कार्यसमितिमा उपाध्यक्षमा वृद्धिबहादुर रानाभाट, महिला उपाध्यक्षमा विष्णु माया रानाभाट, सचिवमा अस्मिता रानाभाट, सह–सचिवमा पूर्ण माया रानाभाट, र कोषाध्यक्षमा विष्णु माया रानाभाट चयन भएका छन्।

अन्य सदस्यहरूमा अमृता रानाभाट, मदन रानाभाट, मन रानाभाट, होमबहादुर रानाभाट, श्रीमाया रानाभाट, नानी माया रानाभाट र मिना रानाभाट रहेका छन्।

वि.सं. २०४९ मा स्थापना भएको रानाभाट/भाट समाज नेपालले समुदायको हकअधिकार, सामाजिक समावेशिता र पहिचानका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ। घिरिङ गाउँपालिकामा मात्र हाल १६० घरधुरी र झन्डै १ हजार बढी रानाभाट जनसंख्या रहेको जनाइएको छ।

अधिवेशनकै अवसरमा समाजका अग्रज चार जना जेष्ठ नागरिकका साथै विभिन्न संघ/संस्थाका पदाधिकारीहरू र विशिष्ट उपलब्धि हासिल गरेका समुदायका सदस्यहरूलाई सम्मान गरिएको थियो।
सम्मानित व्यक्तिहरूमा:
– विभिन्न संघ/संस्थाका अध्यक्ष: सुर्य रानाभाट, विष्णु माया रानाभाट, टंक रानाभाट
– लोक सेवा आयोगमार्फत शिक्षा अधिकृतमा नियुक्त: विजय रानाभाट
– स्थानिय तहमा निर्वाचित प्रतिनिधिहरू: मनबहादुर रानाभाट (वडा सदस्य, वडा नं. ४), धनकुमारी रानाभाट (पूर्व कार्यपालिका सदस्य, वडा नं. ४) रहेका छन्।

कार्यक्रमका प्रमुख अतिथि तथा समाजका केन्द्रीय सल्लाहकार मुरारी रानाभाटले रानाभाट समुदायलाई नेपालको संविधानमा स्पष्ट रूपमा सूचीबद्ध गर्नुपर्ने आवश्यकता औंल्याए। उनले ऐतिहासिक दस्तावेज राष्ट्रिय समावेशी आयोगमा बुझाइसकेको जानकारी दिंदै समुदायको जातीय पहिचानका लागि समाज अन्तिम चरणको प्रयासमा रहेको बताए।

अधिवेशनमा प्रदेश उपाध्यक्ष प्रेमबहादुर रानाभाट, जिल्ला अध्यक्ष बेलबहादुर रानाभाट, उपाध्यक्ष सन्दीप रानाभाट, मन प्रसाद रानाभाट, विरबहादुर रानाभाट, रूकबहादुर रानाभाट, सुर्य रानाभाट, इन्द्रजित रानाभाटलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

त्यस्तै, जिल्ला कार्यसमितिका सदस्य संसार रानाभाटले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सभापतित्व घिरिङ गाउँ कमिटिका अध्यक्ष टंकलाल रानाभाटले गरेका थिए।

कार्यक्रममा समाजसँग आबद्ध विभिन्न संघसंस्थामा क्रियाशील रानाभाट/भाट समुदायका सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

सम्बन्धित खबर