१९ बैशाख २०८२, शुक्रबार
2 May 2025, Friday

ट्रम्पको सत्तारोहणपछि क्यानडा सिमानामा दर्जनौँ भेनेजुएलाली ग्याङ सदस्य पक्राउ

ट्रम्पको सत्तारोहणपछि क्यानडा सिमानामा दर्जनौँ भेनेजुएलाली ग्याङ सदस्य पक्राउ

वासिङटन- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २०२५ मा पदभार सम्हालेपछि दर्जनौँ संख्यामा भेनेजुएलाको कुख्यात आपराधिक समूह ‘ट्रेन दे अरागुआ’ (Tren de Aragua – TdA) का शंकास्पद सदस्यहरू अमेरिका–क्यानडा सीमामा पक्राउ परेका छन्।

अमेरिकी सीमा सुरक्षा निकाय (CBP) ले पुष्टि गरेअनुसार, जनवरी २० देखि मार्च २१, २०२५ भित्र मात्रै डेट्रॉइट शहरलाई क्यानडासँग जोड्ने एम्बेसडर ब्रिज नजिकै ४० जना TdA सदस्यहरू पक्राउ परेका हुन्।

यो पुल सामान्यतया अमेरिका–क्यानडा बीचको एक महत्त्वपूर्ण नाका मानिन्छ, जहाँ जटिल सडक चिन्हहरू र GPS त्रुटिका कारण मानिसहरू अनायासै सीमा पार गर्ने गर्छन्। मिशिगनकी सांसद राशिदा तलाइब, मिशिगन आप्रवासी अधिकार केन्द्र र ACLU मिशिगनले यसबारे चासो व्यक्त गर्दै, पक्राउ परेका मध्ये ९० प्रतिशतले अनजानमै पुलतर्फ गाडी मोडेको दाबी गरेका छन्।

हालसालै लागू गरिएको ट्रम्प प्रशासनको कडा सीमा नीति तथा आप्रवासी नियमनले आपराधिक समूहहरूलाई नयाँ रणनीति अपनाउन बाध्य पारेको पूर्व DEA अधिकारी माइकल ब्राउन बताउँछन्।

उनका अनुसार TdA समूहका सदस्यहरू मेक्सिकोको एल सेन्ट्रो जेलमा पठाइने डरले अब क्यानडा जाँदैछन्, जहाँ अमेरिकी जस्तै कडा कारबाहीको डर छैन।

ब्राउनले भेनेजुएलाको यो गिरोहले अमेरिकामा पूर्वमा ल्याइएको खुला सीमा नीतिको फाइदा उठाएर विभिन्न शहरहरूमा आफ्नो नेटवर्क विस्तार गरेको बताएका छन्।

उनले भने, “स्यान्क्चुअरी सिटीहरूले यिनलाई राजनीतिक संरक्षण दिए। धेरै मेयर तथा गभर्नरहरूले समस्या स्वीकार्नै चाहेनन्।”

डेट्रॉइट शहर लामो समयदेखि लागू औषध कारोबारको केन्द्र रहँदै आएको हुँदा TdA ले त्यहाँ क्रिप्स, ब्लड्स र ल्याटिन किङ्सजस्ता अमेरिकी गिरोहहरूसँग सहकार्य गरेको उनले बताए।

उनले क्यानडाको “नरम” लागू औषध नीति, जस्तै सुरक्षित इंजेक्सन साइट र सरकारद्वारा प्रदान गरिने हाइड्रोमोर्फोन जस्ता औषधि, संगठित गिरोहहरूको लागि आकर्षणको केन्द्र बन्ने खतरा औल्याए।

ब्राउनले भने, “यो संयोग होइन। TdA ले बसका भरमा सदस्यहरू पठाउँदैन। उनीहरू पहिले स्काउटहरू पठाउँछन्, नेटवर्क बनाउँछन् र आफ्नो आधार तयार गर्छन्। एक पटक पक्को आधार भेटेपछि, बाढी आउँछ।”

उनले चेतावनी दिए — यदि प्रारम्भमै यस्ता गतिविधिहरूलाई नियन्त्रण गरिएन भने, यो राष्ट्रिय संकटमा परिणत हुन सक्ने खतरा रहन्छ।