२४ बैशाख २०८२, बुधबार
7 May 2025, Wednesday

एनआरएनको एकता महाविधेशन शुरु, परराष्ट्रमन्त्री राणाको सुझाव एकता भएर अघि बढ्नुहोस्

एनआरएनको एकता महाविधेशन शुरु, परराष्ट्रमन्त्री राणाको सुझाव एकता भएर अघि बढ्नुहोस्

काठमाडौं –  गैरआवसिय नेपाली(एनआरएनए)को एकता महाधिवशेन काठमाडौंमा शुरु भएको छ ।

परराष्ट्रमन्त्री आरजु देउवा राणाको प्रमुख आतित्थ्यतामा महाधिवेशन शुरु भएको हो । काठमाडौमा शुरु भएको महाधिवेशनले एनआरएनलाई नयाँ रुपमा लैजाने अपेक्षाका विचमा शुरु भएको हो ।

सर्वोच्च अदालतको फैसला अनुसार पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा बनेको उच्चस्तरीय समितिको पहलमा आजदेखि काठमाडौंमा एकता महाधिवेशन शुरु भएको हो ।

एकता महाधिवेशन उद्घाटन गर्दै परराष्ट्रमन्त्री आरजु राणा देउवाले एनआरएनए परिचयपत्र मस्यौदा अन्तिम चरणमा पुगेको जानकारी दिँदै एक भएर अघि बढ्न सुझाव दिइन् ।

उनले सर्वोच्मा अदालतको फैसला लगत्तै आफूले शेष घलेसँग छलफल गरेर महाधिवेशनको बारेमा कुरा गरेको र आज यो उद्घाटन गर्न पाउँदा खुशी लागेको बताइन् ।

एनआरएनएको समन्वय गर्ने मन्त्रालयको रुपमा आफू एकता महाधिवेशनमा उपस्थित भएको भन्दै मन्त्री राणाले आगामी दिनमा सबै गैरआवासिय नेपालीहरु एक भएर अघि बढ्न पनि सुझाव दिइन् ।

उनले अब एनआरएनएमा विवाद भन्दा साझा संस्थाको रुपमा अघि बढ्ने आफूले विश्वास लिएको बताइन् । कार्यक्रममा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले एनआरएनए जस्ता संस्थाहरुमा विवाद भन्दा एक भएर जान र उनीहरुसँग भएको पुँजी तथा सिमलाई नेपालमा प्रयोग गर्न आग्रह गरे ।

उनले एनआरएनएहरुलाई नेपालमा लगानी गर्न कानुन झन्झट भएको गुनासो आएको तर यसमा सरकारले पहल गर्ने र आफूले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भारत र चीनमा जसरी  एनआरएनएले लगानी गरेर देश विकास शुरुवात गरे नेपालले पनि यसवाट सिक्नुपर्ने पनि बताए  ।

त्यस्तै पूर्व उपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता अशोक राईले एनआरएनएलाई नयाँ आकार दिने उपयुक्त समय नै एकता महाधिवशेन भएको भन्दै सबैलाई मिलाएर लैजान शुभकामना दिए । उनले विदेशमा रहेका नेपालीहरुहरुको सिप नेपालमा उपयोग गर्न सक्नुपर्ने बताए ।

कार्यक्रमका सभापति शेष घलेले एकता महाधिवेशनमा आएका आरोह अवरोधलाई सम्वोधन गर्दै अव एनआरएनए युवा पुस्ताका लागि हुनुपर्ने बताए ।

उनले आफूहरुको समय र अहिलेको समय फरक भएकाले अब युवाहरु नेतृत्वमा आर्कषित गराउन सक्नुपर्ने नत्र संस्थाको औचित्य नै समाप्त हुने भएकाले सवैले ध्यान दिने सुझाव दिए । घलेले सर्वोच्चको फैसला आफूले कार्यान्वयन गरेको तर यसरी कार्यान्वयनमा लाग्दा तीन थान मुद्दा समेत खेप्नुपरेको बताए ।

उनले निर्वाचन विवादरहित बनाउँन सदस्यतादेखि अन्य सबै गतिविधि पारदर्शी र लोकतान्त्रिक प्रक्रिया अवलम्बन गरिएको जानकारी पनि गराए ।  तीन दिनसम्म चल्ने अधिवेशनमा आइतबार निर्वाचन मार्फत नयाँ प्रतिनिधि छानिदैछ । सोमबार कार्यक्रम समापन हुनेछ ।

सम्बन्धित खबर