ट्रम्पको नयाँ कारागार योजनाका लागि ‘डर लाग्दो’ वैकल्पिक स्थान प्रस्ताव
- २४ बैशाख २०८२
- १ मिनेटको पढाई
वासिङटन- राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रका खतरनाक अपराधीहरूका लागि अल्काट्राज कारागारलाई पुनर्निर्माण गरी सञ्चालनमा ल्याउनुपर्ने माग गरेका छन्। उनले यसलाई “कानून, व्यवस्था र न्यायको प्रतीक” बनाउने बताएका छन्।
पूर्व एफबीआई एजेन्ट जोनाथन गिलियमले भने स्यान क्लेमेंटी टापु (क्यालिफोर्नियाबाट ८० माइल टाढा रहेको नौसैनिक तालिम स्थल) लाई नयाँ कारागारका लागि अझ उपयुक्त स्थानको रूपमा प्रस्ताव गरेका छन्।
उनका अनुसार टापुको एकान्त र कठिन पहुँचले कैदीहरूलाई डराउनेछ र यस्तो कारागार अपराध रोकथाममा प्रभावकारी हुनेछ।
ट्रम्पको प्रस्तावले अमेरिकामा कडा आपराधिक नीतिको संकेत दिँदै गम्भीर अपराधीहरूलाई कडाभन्दा कडा सजाय दिनुपर्ने धारणा उजागर गरेको छ।