युक्रेनमा शान्तिको लागि अमेरिकाको सहभागिता आवश्यक: जर्मन चान्सलर मर्ज
- २५ बैशाख २०८२
- १ मिनेटको पढाई
न्युयोर्क – जर्मन चान्सलर फ्रेडरिक मर्जले बुधबार पेरिसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा युक्रेनमा जारी युद्धको दीर्घकालीन समाधानका लागि संयुक्त राज्य अमेरिकाको निरन्तर सहभागिता अत्यावश्यक हुने धारणा व्यक्त गरेका छन् ।
‘अमेरिकाको सक्रिय सहभागिताबिना युक्रेन युद्ध अन्त्य हुन सक्दैन । यो जिम्मेवारी केवल युरोपेली राष्ट्रहरूले एक्लै बहन गर्न सक्ने अवस्था छैन,’ मर्जले फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँसँगको भेटपछि भने ।
उनले युक्रेनमा स्थायी युद्धविराम र सुरक्षा प्रत्याभूति सुनिश्चित गर्न अमेरिकाको भूमिका अत्यन्त महत्त्वपूर्ण रहने बताए ।
‘जर्मनी, फ्रान्स तथा अन्य युरोपेली देशहरू सहयोगका लागि तयार छन्,’ मर्जले भने, ‘तर हामी यस सन्दर्भमा अमेरिकी साथ र नेतृत्व अझै आवश्यक हुने कुरामा पूर्ण रूपले सजग छौँ ।’
उनले अमेरिकाले नाटोभित्रको आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने आवश्यकता औँल्याउँदै युक्रेनप्रति निरन्तर समर्थन आवश्यक रहेको उल्लेख गरे ।