२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

नक्कली निर्माण कामदारको रूपमा आएका दुई जनाले न्यूयोर्क सिटीको गहना पसलमा लुटपाट प्रयास

नक्कली निर्माण कामदारको रूपमा आएका दुई जनाले न्यूयोर्क सिटीको गहना पसलमा लुटपाट प्रयास

न्युयोर्क- म्यानह्याटनको मिडटाउनमा अवस्थित एक गहना पसलमा दुई जना पुरुषले निर्माण कामदारको भेषमा प्रवेश गरी हथौडाले सशस्त्र लुटपाटकाे प्रयास गरेका छन्।

घटना ईस्ट ५३औं सडक र म्याडिसन एभेन्यूको कुनामा रहेको गहना पसलमा बुधबार दिउँसो करिब २ बजे भएको हो, र सो घटना पसलको सीसिटिभी क्यामेरामा कैद भएको छ।

एक व्यक्तिले पसलको ढोका खोलेर अर्को व्यक्तिलाई भित्र पस्न दिए। दोस्रो व्यक्ति पहेँलो निर्माण ज्याकेट र निलो सर्जिकल मास्क लगाएर आएको थियो। उसले पसलको डिस्प्ले केस नजिक पुगेपछि झोलाबाट हथौडा निकालेर सीसामा प्रहार गर्दै भित्रका महँगा घडीहरू लुट्ने प्रयास गरेको थियो।

तर केही क्षणमै एक सुरक्षा गार्ड आए पछि उनिहरु भागेका थिए। दुबै जना म्याडिसन एभेन्यूतर्फ दौडिएर फरार भएका थिए। प्रहरीले उनीहरूको खोजी गरिरहेको जनाएको छ।