न्यूयोर्क सिटीका मेयर एरिक एडम्सले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्ने
- २६ बैशाख २०८२
- १ मिनेटको पढाई
न्यूयोर्क – न्यूयोर्क सिटीका मेयर एरिक एडम्स शुक्रबार वासिङ्टन डीसी जाने भएका छन्, जहाँ उनी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने कार्यक्रम छ।
शुक्रबार बिहान पत्रकारहरूलाई पठाइएको अद्यावधिक कार्यतालिकामा यो भेट समावेश गरिएको हो।
मेयर एडम्सले अपराह्न ३ बजे ट्रम्पसँग भेट गर्ने तय गरिएको छ।
सहरका सञ्चार उपमेयर फेबियन लेभीले एक विज्ञप्तिमा भने, “मेयर एडम्स न्यूयोर्क शहरलाई परिवार पाल्नका लागि उत्कृष्ट स्थान बनाउने लक्ष्यमा संघीय प्रशासनसँग जहाँ सम्भव छ, त्यहाँ सहकार्य गर्न प्रतिवद्ध छन्।”
लेभीका अनुसार, एडम्स र ट्रम्पबीच संघीय बजेट सहयोग, पूर्वाधार विकास र अन्य शहरका सरोकारहरूबारे छलफल हुनेछ।
एडम्ससँगै अन्तरसरकारी मामिला हेर्ने उपमेयर टिफनी रासबेरी पनि वासिङ्टन यात्रा गरेका छन्।