२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

“न्यू जर्सीमा डेमोक्र्याट सांसदहरूको ICE केन्द्रमा तोडफोड, ट्रम्प प्रशासनको कडा प्रतिक्रिया”

“न्यू जर्सीमा डेमोक्र्याट सांसदहरूको ICE केन्द्रमा तोडफोड, ट्रम्प प्रशासनको कडा प्रतिक्रिया”

न्युयोर्क- न्यू जर्सीका तीन डेमोक्र्याट सांसदहरूले न्युर्कस्थित ICE डिटेन्शन केन्द्रमा प्रदर्शनकारीहरूसँगै प्रवेश गर्दा कानुनी अवरोध निम्तिएको छ।

उनीहरूले बिना अनुमति भित्र पसेपछि नेवार्कका मेयर रस बाराका समेत पक्राउ परेका छन्। ट्रम्प प्रशासनले घटनाप्रति प्रतिक्रिया दिँदै डेमोक्र्याटहरूलाई गैरकानुनी आप्रवासीको पक्षमा कानून तोडेको आरोप लगाएको छ।

घटनाको पृष्ठभूमिमा उक्त केन्द्रको मालिक GEO Group विरुद्ध सहरले अनुमति नलिई काम गरेको भन्दै मुद्दा दायर गरिसकेको छ। DHS ले भने ती आरोपहरू असत्य भएको जनाएको छ।