उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन
- ०१ जेष्ठ २०८२
- १ मिनेटको पढाई
मोन्टेभिडियो- ‘विश्वकै गरिव राष्ट्रपति’ को नामले समेत चिनिने जोस मुजिकाको निधन भएको छ । उनको ८९ वर्षको उमेरमा निधन भएको हो ।
जोस ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्वराष्ट्रपति हुन् । उनले सन् २०१० देखि २०१५ सम्म उरुग्वेको राष्ट्रपतिको रुपमा जिम्मेवारी सम्हालेका थिए ।
यी पूर्वगुरिल्ला नेताले आफ्नो साधारण जिन्दगीका लागि विश्वभर ख्याति कमाएका थिए, जसका कारण उनलाई विश्वकै सबैभन्दा गरिब राष्ट्रपतिको रूपमा चिनिन्थ्यो ।
पूर्वराष्ट्रपतिको निधनको खबर उरुग्वेका राष्ट्रपति यामान्डु ओरसीले पनि पुष्टि गरेका छन् । उनले आफ्नो एक्स एकाउन्टमा लेखेका छन्, ‘तपाईंले हामीलाई जे दिनुभयो त्यसका लागि र जनताप्रतिको गहिरो प्रेमका लागि धन्यवाद ।’