श्रृङ्खलाबद्ध हत्या अभियोगमा दोषी ठहर भएका रोजर्सलाई मृत्युदण्ड
- ०२ जेष्ठ २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको दक्षिणी राज्य फ्लोरिडामा ‘क्रस कन्ट्री किलर’ भनेर चिनिने ६२ वर्षीय एक व्यक्तिलाई बिहीबार घातक सुई (लेथल इन्जेक्सन) द्वारा मृत्युदण्ड दिइने भएको छ ।
सन् १९९५ को नोभेम्बरमा टिना मेरी क्रिब्सको हत्या गरेको अभियोगमा ग्लेन रोजर्सलाई स्थानीय समयानुसार साँझ ६:०० बजे फ्लोरिडा स्टेट जेलमा मृत्युदण्ड दिइने भएको हो ।
दुई बच्चाकी आमा ३४ वर्षीया क्रिब्सको छुरा प्रहार गरी हत्या गरिएको थियो र उनको शव होटलको ‘बाथटब’मा फेला परेको थियो ।
रोजर्सलाई सोही वर्ष क्यालिफोर्नियामा ३३ वर्षीया सान्ड्रा गालाघरको हत्यामा पनि दोषी ठहर गरिएको थियो र उनी मिसिसिपी र लुइसियानामा कम्तीमा दुई अन्य महिलाको हत्यामा संदिग्ध थिए।
संयुक्त राज्य अमेरिकामा यस वर्ष १५ जनालाई मृत्युदण्ड दिइएको छ जसमध्ये ११ जनालाई घातक सुईद्वारा, दुई जनालाई गोली हानी र अन्य दुई जनालाई नाइट्रोजन ग्याँसको प्रयोग गरी मृत्युदण्ड दिइएको थियो ।
अमेरिकाका ५० राज्यमध्ये २३ राज्यमा मृत्युदण्डको सजाय अन्त्य गरिएको छ भने क्यालिफोर्निया, ओरेगन र पेन्सिलभेनियामा मृत्युदण्डको व्यवस्था कायम छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्प मृत्युदण्डको समर्थक हुन् र उनले आफ्नो कार्यकालको पहिलो दिन ‘घृणित अपराधका लागि’ यसको प्रयोग विस्तार गर्न आह्वान गरेका थिए ।