३ जेष्ठ २०८२, शुक्रबार
16 May 2025, Friday

शक्तिसाधना र योगमार्फत चेतनाको जागरण, काठमाडौंमा दुईदिने शिविर आयोजना

शक्तिसाधना र योगमार्फत चेतनाको जागरण, काठमाडौंमा दुईदिने शिविर आयोजना

काठमाडौं- “राष्ट्र सेवा शक्तिसाधना नशामुक्ति शिविर”मा सहभागि हुन नेपाल आएका ऋषिराज शक्तिपुत्रजी महाराजलाई नेपालमा भव्य स्वागत गरिएको छ ।

आगामी जेठ २ र ३ गते काठमाडौको पाशुपत क्षेत्रमा आयोजना गरिएको उक्त शिविर शक्तिपुत्रजी महाराजको सानिध्यमा हुनेछ।

आज काठमाडौंको त्रिभूवन विमानस्थलबाट बाजा गाजासहित सयौँ शक्तिसाधक एवम् भक्तजनहरुले शक्तिपुत्रजी महाराजसहितको टोलिलाई भव्य स्वागत गरेको छ ।

त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलद्वारबाट पाशुपत क्षेत्र स्थित होटल आनन्द पशुपतिसम्म जयजयकार गरिएको थियो । स्वागतका क्रममा बोल्दै आयोजक भगवती मानव कल्याण संगठनका केन्द्रिय महासचिव एवम् सिद्धाश्रम रत्न अजय अवस्थीले एक कुण्डलिनी शक्ति जागृत सिद्ध योगिको पहिलो नेपाल आगमन साधना पथमा अघि बढ्न चाहने साधहरुका लागि महत्वपूर्ण साबित हुने बताए।

शक्तिपुत्रजी महाराज शिविरको दुइ दिन अघि साधनारत रहने एवम् शिविर पश्चात जेठ ४ गते व्यक्तिगत भेटघाट गर्ने कार्यक्रम रहेको छ । यस्तै जेठ २ दुई दिवसिय कार्यक्रममा पहिलो दिन विहान ७ बजे देखि ९ बजेसम्म योग ध्यान साधना शिविरको आयोजन गरिएको छ । यस्तै दिउँसो २ बजेदेखि ५ बजे सम्म शक्तिपुत्रजी महाराजको चेतनात्मक प्रवचन हुनेछ । यस्तै साँझ ४ बजेदेखि ५ बजेसम्म माँ दुर्गा भवानीको दिव्य आरती हुनेछ ।

यस्तै कार्यक्रमको दोश्रो दिन जेठ ३ गते विहान ७ बजे गुरुदीक्षा कार्यक्रम हुनेछ । साथै शिविरमा निःशुल्क रुपमा शक्तिजल वितरण गरिनेछ । नशाको लत साथै मानसिक तनावबाट मुक्ति प्रदान गर्ने एवम् ठुलो बिमारीमा सहायक सिद्ध हुने शक्तिजल शिविरमा निशुल्क प्राप्त गर्न सकिने छ ।

भगवती मानव कल्याण संगठन एक जनकल्याणकारी आध्यात्मिक संगठन हो जसले समाजमा नशामुक्त, मांशाहार मुक्त, चरित्रवान्, चेतनावान्, परोपकारी एवम् पुरुषार्थी समाज निर्माणका साथ साथ जातिभेद, छुवाछुत जस्ता सामाजिक विकृति हटाएर मानवताको पथमा अघि बढाउने कार्य गर्दै आएको छ ।

संगठनले नशामुक्ति अभियान “नशामुक्त नेपाल–समृद्ध नेपाल” अन्तर्गत ५ हजार भन्दा अधिक व्यक्तिहरुलाई नशामुक्त बनाइसकेको छ भने गत श्रावणबाट शुभारम्भ भएको देशव्यापी एक करोड वृक्षारोपण अभियान “एक वृक्ष–राष्ट्रको नाममा” आम जनसमुदायको सहयोगमा जारी रहेको छ । यस्तै संगठनले योग, ध्यान,–साधनाका माध्यमबाट समाजमा आध्यात्मिक वातावारण सृजना गर्न निःशुल्क रुपमा विविध कार्यक्रमको आयोजना गर्दै आएको छ ।