न्युयोर्कमा नेपाली प्रतिभाको कदर, चार कलाकार सम्मानित
- ०४ जेष्ठ २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- न्युयोर्कमा चार जना नेपाली युवा कलाकारलाई सम्मान गरिएको छ । स्याङ्जा समाज अमेरिका, दर्शन ठकुरी समाज न्युयोर्क र नेपाली भान्साघरको संयुक्त आयोजनामा सो कार्यक्रम गरिएको हो ।
हाँस्य कलाकार सागर लम्साल ‘बले’,कुमार कटेल ‘जिग्री’, डान्सर राहुल शाह र लाेकदोहोरी गायक रामजी खाँणलाई आयोजक समितिकाेतर्फबाट सम्मान गएिको हो । त्यस अवसरमा नेपाल अमेरिका कलाकार संघलाई पनि सम्मान गरिए थियाे।

स्याङ्जा सहयोग अन्तर्राष्ट्रिय समितिका अध्यक्ष एवं कार्यक्रम संयोजक वीरेन्द्र जङ्ग केसीले स्वागत मन्तव्य राख्दै चार जना फरक विधाका कलाकारलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए। उनले कलाकार कलाकारमात्रै नभएर देशका गहना भएकाे भन्दै सिंगो देशको प्रतिनिधित्व गर्ने कलाकारलाई सम्मान गर्नुपर्ने बताएका थिए।

दर्शन ठकुरी समाजका भूपू अध्यक्ष मिलन शाहीले देशका गहना कलाकारलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए
।
कार्यक्रमका संयोजक दर्शन ठकुरी समाजका अध्यक्ष तथा नेपाली भान्सा घरका सञ्चालक विमला हमाल श्रेष्ठले कलाकारको सम्मान गर्न पाउँदा आफू अत्यन्तै खुसी भएको भन्दै सफल कलाकार बन्न कसैको आशिर्वादले नभइ कडा मेहनत गर्नुपर्ने बताइन।

त्यस्तै स्याङ्जा समाज अमेरिकाका अध्यक्ष दिनेश भण्डारीले कलाकारलाई सम्मान गरेका थिए।
कार्यक्रममा सम्मानित कलाकार बले र जिग्रीले हाँस्यव्यङ्य प्रस्तुत गरेका थिए। त्यस्तै गायक रामजी खाँणले दमदार प्रस्तुत दिएका थिए।

लोक गायिका बीमा कुमारी दुरा, सपनाश्री, विमल डाँगी, संगीता थापामगर, निशा सुनार र मधुर गिरीले आफ्नो प्रस्तुत दिएका थिए। हाँस्य कलाकार तथा जादुगर महादेव त्रिपाठी र दिनेश सुनारले आफ्नो प्रस्तुत मार्फत दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए।
कार्यक्रमको सञ्चालन भने मधुर गिरीले गरेका थिए।
सन्त रिसाल,न्युयोर्क