३१ जेष्ठ २०८२, शनिबार
14 June 2025, Saturday

मोतिराज खनालको स्वरमा सुपा देउराली मन्दिरको महिमा

मोतिराज खनालको स्वरमा सुपा देउराली मन्दिरको महिमा

काठमाडौं-  अर्घाखाँची जिल्लास्थित सुप्रसिद्ध धार्मिक स्थल सुपा देउराली मन्दिरको महिमा समेटिएको भजन ‘जय जय भगवती सुपा देउरालीकी माई’ सार्वजनिक गरिएको छ।

उक्त भजनमा लोकसंगीत क्षेत्रमा लामो समयदेखि क्रियाशील बहुप्रतिभाशाली कलाकार मोतिराज खनालले स्वर, संगीत, अभिनय र नेतृत्व प्रदान गरेका छन्।

यस भजनले धार्मिक आस्थाका साथै सुपा देउराली क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

भजनका शब्द मोतिराज खनाल र शेषनारायण पोखरेलले तयार पारेका हुन्। संगीत संयोजन खनाल स्वयं र धर्मेन्द्र अर्यालले गरेका छन्। मोतिराज खनालसँगै शेषनारायण पोखरेल, धर्मेन्द्र अर्याल, पुनम बस्याल र मञ्जु गुरुङले समेत स्वर दिएका छन्।

भिडियो निर्देशन निर्देशक सुरज खनालले गरेका हुन् भने कोरियोग्राफी शिवजी क्षेत्री गरेका हुन।

भिडियोमा चर्चित कलाकार सुरबिर पण्डित (दारी बा), शर्मिला शर्मा र अनिसा खड्काले आकर्षक अभिनय प्रस्तुत गरेका छन्। साथै छबिलाल सुवेदी, नारायण लेकाली, नन्दराज रेग्मी, लेखान्त भुषाल, सुमन खनाल, गान्दिभ सुवेदी, घनश्याम खनाल, चन्द्रकला खनाल, गिरी खनाल, चोपलाल खनाल, रामप्रसाद खनाल, शान्ता खनाल लगायत दर्जनौँ कलाकारको अभिनय देख्न पाइन्छ।

हिन्दू धर्मावलम्बीहरूका लागि अत्यन्तै पवित्र मानिने सुपा देउराली मन्दिरमा भाकल गरे मनोकामना पूरा हुने जनविश्वास पनि रहि आएको छ।

 

सम्बन्धित खबर