१ असार २०८२, आइतवार
15 June 2025, Sunday

ट्रम्पका बोर्डर स्जार टोम होमनको आरोप: ‘कानुन तोडिन् डेमोक्रेट सांसद म्याकआइभर, कारबाही हुनु पर्दछ’

ट्रम्पका बोर्डर स्जार टोम होमनको आरोप: ‘कानुन तोडिन् डेमोक्रेट सांसद म्याकआइभर, कारबाही हुनु पर्दछ’

न्यूयोर्क — अमेरिका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका आप्रवासन सल्लाहकार तथा बोर्डर स्जार टोम होमनले डेमोक्रेट सांसद लामोनिका म्याकआइभरमाथि कडा आरोप लगाउँदै भनेका छन् — “उनीले कानुन तोडिन् र अब त्यसको परिणाम भोग्नुपर्छ।”

मंगलवार “Fox & Friends” कार्यक्रममा कुरा गर्दै होमनले न्यु जर्सीको न्युवार्कस्थित एक ICE (Immigration and Customs Enforcement) केन्द्रबाहिर सांसद म्याकआइभरले गरेको व्यवहार आपराधिक भएको दाबी गरे।

“शुरु देखिनै मैले भनेको हुँ, कोही पनि त्यो सीमा नाघे, हामी अभियोजनको माग गर्नेछौँ,” उनले भने, “यदि तपाईँ ICE लाई समर्थन गर्न सक्नुहुन्न भने लाजको कुरा हो। तपाईँ राष्ट्रपति ट्रम्पको आप्रवासन नीतिविरुद्ध विरोध गर्न सक्नुहुन्छ, तर तपाईँ कानुन उल्लङ्घन गर्न सक्नुहुन्न।”

उनले थपे, “तपाईँ जानाजान ICE अधिकारीको काममा बाधा पुर्‍याउन सक्नुहुन्न, अवैध आप्रवासीलाई लुकाएर राख्न सक्नुहुन्न, सरकारी सम्पत्तिमा जबरजस्ती प्रवेश गर्न सक्नुहुन्न, र सबैभन्दा महत्त्वपूर्ण — ICE अधिकारीलाई छुन सकिँदैन।”

अमेरिकाको न्यु जर्सी जिल्ला कार्यवाहक सङ्घीय अटर्नी आलिना हाब्बाले डेमोक्रेट सांसद म्याकआइभरविरुद्ध सङ्घीय मुद्दा दायर गरेकी छिन्। आरोप अनुसार उनले ICE अधिकारीमाथि शारीरिक रूपमा आक्रमण, अवरोध र हस्तक्षेप गरेकी थिइन्, जुन अमेरिकी सङ्घीय संहिताको धारा १८, धारा १११(अ)१ अन्तर्गत आपराधिक हो।

तर यसै प्रकरणमा पक्राउ परेका न्युवार्कका मेयर रस बाराका विरुद्ध भने आरोप फिर्ता गरिएको छ।

एक पत्रमार्फत अटर्नी हाब्बाले भनेकी छन्, “सङ्घीय कानुन कार्यान्वयनकर्तालाई सुरक्षित राख्नु मेरो संवैधानिक दायित्व हो। यस्तो व्यवहारलाई उपेक्षा गर्न सकिन्न।”

घटनाको पृष्ठभूमिमा डेमोक्रेट सांसदहरूले ICE हिरासत केन्द्रको निरीक्षण गर्ने उद्देश्यले उक्त स्थल भ्रमण गरेका थिए। सांसद म्याकआइभरले भनेकी छन् कि “ICE अधिकारीहरूकै कारण त्यहाँ अनावश्यक र असुरक्षित अवस्था सिर्जना भयो,” र आफूमाथि लगाइएको मुद्दा “शुद्ध राजनीतिक उद्देश्य प्रेरित” रहेको दाबी गरिन्।

होमनले डेमोक्रेट सांसदहरूलाई अनुमति बिना निरीक्षण गर्न खोजेको भन्दै आलोचना गरे। उनले भने, “हामी सधैँ निरीक्षणका लागि तयार छौँ, तर तपाईँले नियम मिच्न पाइँदैन।”

उनले न्युवार्कको Delaney Hall सुविधालाई “देशकै उत्कृष्ट” भन्दै दाबी गरे, र थपे, “हाम्रो हिरासत सुविधा उच्चतम मापदण्डमा आधारित छ। कोही पनि सांसद आउन चाहन्छन् भने स्वागत छ — तर जबरजस्ती, अवैध प्रवेश र कर्मचारीमाथि हात हाल्ने कुरा सह्य हुँदैन।”

यस घटनाले अमेरिका भित्र आप्रवासन नीति, सार्वजनिक सुरक्षा र राजनीतिक हस्तक्षेपबारे नयाँ बहस सिर्जना गरेको छ।