२ असार २०८२, सोमवार
16 June 2025, Monday

वासिङ्टन पोस्टका पूर्व सम्पादकसहित पत्रकार जमोरालाई भेट्न जेलमा

वासिङ्टन पोस्टका पूर्व सम्पादकसहित पत्रकार जमोरालाई भेट्न जेलमा

वासिङ्टन- वासिङ्टन पोस्टका पूर्व सम्पादक मार्टी ब्यारोनसहित पत्रकारहरूको एक समूहले ग्वाटेमालाको भ्रष्टाचारको आलोचक जोस रुबेन जमोरालाई जेलमा भेटेको उनका एक छोरा र स्पेनी अखबार एल पाइसले बताएका छन् ।

पत्रकारहरूको समूहले सन् २०२२ को जुलाईमा पूर्व दक्षिणपन्थी राष्ट्रपति अलेजान्ड्रो गियामातेईको सरकारमाथि लागेको भ्रष्टाचारको आरोपबारे समाचार प्रकाशित गरेपछि पक्राउ गरिएका ६८ वर्षीय जमोरालाई भेट गरेका हुन् ।

सन् २०२३ को जुनमा एमनेस्टी इन्टरनेसनलजस्ता मानव अधिकारवादी समूहले राजनीतिबाट प्रेरित भन्दै व्यापक रूपमा उपहास गरेको मुद्दामा जमोरालाई दोषी ठहर गर्दै छ वर्षको जेल सजाय सुनाइएको थियो।

पत्रकारका एक छोरा जोस जमोराले एक्समा लेखेका छन्, “मेरो बुबा तथा ग्वाटेमालाका वरिष्ठ पत्रकार जोस रूबेन जमोरा भ्रष्टाचारविरूद्धको अभियानमा एक्लो हुनुहुन्न । आज, पत्रकारिता र साहित्यमा विश्वव्यापी खातिप्राप्त व्यक्तिहरू उनको रिहाईको माग गर्न र उनलाई भेट्न जेलमा पुगेका छन् । पत्रकारका एक छोरा जोस जमोराले एक्समा लेखेका छन।”

एल पाइसका अनुसार उक्त समूहमा ब्यारन, मेक्सिकन पत्रकार कारमेन एरिस्टेगुइ, निकारागुआका पत्रकार फर्नान्डो चामोरो र निकारागुआका लेखक सर्जियो रामिरेज थिए ।

उनीहरू सबै ‘सेन्ट्रोअमेरिका क्युन्टा लिटरेरी फेस्टिभल’मा भाग लिन ग्वाटेमाला पुगेका थिए।

“उनीहरूको भ्रमण ऐक्यबद्धताको कार्य भन्दा बढी होः यो न्यायको लागि पुकार हो,” ग्वाटेमालाका पत्रकार जमोराका छोरा जोसले भने।

जमोरालाई गत अक्टोबरमा जेलबाट रिहा गरिएको थियो र नजरबन्दमा राखिएको थियो। तर मार्चमा एक न्यायाधीशले उनको छ वर्षको सजाय उल्टाएर नयाँ मुद्दा चलाउन आदेश दिएपछि उनलाई पुनः थुनामा राखिएको छ ।

सन् २०२४ मा संयुक्त राष्ट्रसङ्घको स्वेच्छाचारी हिरासतसम्बन्धी कार्य समूहले जमोरालाई निरन्तर थुनामा राख्नु स्वेच्छाचारी र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको ठहर गरेको थियो।