२ असार २०८२, सोमवार
16 June 2025, Monday

म्यानह्याटनको मिडटाउनमा भीषण आगलागी, धुवाँकाे मुस्लाे टाढाटाढासम्म देखियो

म्यानह्याटनको मिडटाउनमा भीषण आगलागी, धुवाँकाे मुस्लाे टाढाटाढासम्म देखियो

न्यूयोर्क- म्यानह्याटनको मिडटाउन क्षेत्रमा मंगलबार बेलुका एक उच्च-तले होटलमा भीषण आगलागी भएको छ। आगोबाट निस्किएको घना धुवाँ टाढाटाढासम्म देखिएको छ भने घटनास्थलमा न्यूयोर्क सिटी दमकल विभाग (FDNY) को ठूलो टोली परिचालन गरिएको छ।

६ औं एभेन्यू र वेस्ट ५३ औं स्ट्रिट नजिक भएको आगलागीका कारण सो क्षेत्रमा सवारी अवरोध र बाटो बन्द हुने चेतावनी न्यूयोर्क सिटी आपतकालीन व्यवस्थापन निकायले दिएको छ।

FDNY का अनुसार, बेलुका ४:५१ बजे एक उच्च-तले होटलमा आगलागी भएको रिपोर्ट प्राप्त भएको थियो। दमकलकर्मीहरू तत्काल घटनास्थल पुगेका थिए र आगो नियन्त्रणमा लिन प्रयासरत छन्।

अहिलेसम्म मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन। घटनाको थप विवरण आउन बाँकी छ। स्थानीय बासिन्दा र सवारी चालकहरूलाई उक्त क्षेत्र टार्न अनुरोध गरिएको छ।