२ असार २०८२, सोमवार
16 June 2025, Monday

पोस्ट रोक्ने विदेशी अधिकारीलाई भिसा नदिन सक्ने रूबियोको चेतावनी

पोस्ट रोक्ने विदेशी अधिकारीलाई भिसा नदिन सक्ने रूबियोको चेतावनी

वासिङ्टन- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकी नागरिकले सामाजिक सञ्जालमा गरेको पोस्ट रोक्ने विदेशी अधिकारीलाई अमेरिकाले भिसा नदिन सक्ने बताएका छन।

इजरायलको आलोचना गर्ने अधिकारकर्मीहरूबाट अमेरिकी भिसा हटाएको भन्दै आलोचनाको सिकार बनेका रुबियोले अमेरिकी प्रविधि कम्पनीहरूविरुद्ध विदेशमा ‘स्पष्ट सेन्सरसिप कार्य’ विरुद्ध सरकारले काम गरिरहेको बताएका हुन ।

उनले नयाँ नीतिअनुसार भिसा गुमाउने कुनै पनि अधिकारीको नाम सार्वजनिक गरेका छैनन् तर गत हप्ता उनले सांसदहरूलाई ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश एलेक्जेन्ड्रे डी मोरेसविरुद्ध कारबाही गर्ने योजना बनाइरहेको बताएका थिए।

राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले मित्र राष्ट्रहरू जर्मनी र बेलायतलाई पनि कडा आलोचना गरेको छ।

रुबियोले भने, “संयुक्त राज्य अमेरिकाले देशमा संरक्षित ‘अभिव्यक्तिको सेन्सरशिप’को लागि जिम्मेवार विदेशी नागरिकहरूलाई भिसा प्रतिबन्धित गर्न सुरु गर्नेछ।”

रुबियोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अमेरिकी भूमिमा भौतिक रुपमा उपस्थित हुँदा अमेरिकी प्लेटफर्म वा सामाजिक सञ्जालमा पोस्ट गर्ने अमेरिकी नागरिक वा अमेरिकी बासिन्दालाई पक्राउ पुर्जी जारी गर्ने वा चेतावनी दिने अधिकार विदेशी अधिकारीहरूलाई छैन ।”

उनले भने, “विदेशी अधिकारीहरूले अमेरिकी प्रविधि केन्द्रहरूले विश्वव्यापी सामग्री नियन्त्रण नीतिहरू अपनाउन वा सेन्सरशिप गतिविधिमा संलग्न हुन माग गर्नु पनि अस्वीकार्य छ जुन उनीहरूको अधिकार भन्दा बाहिर छ । यो संयुक्त राज्य अमेरिकाको जिम्मेवारी हो ।”

“हामी हाम्रो अभिव्यक्ति स्वतन्त्रताको मौलिक अधिकारको अभ्यासलाई कमजोर पार्ने अमेरिकी सार्वभौमिकतामाथिको अतिक्रमणलाई सहन गर्नेछैनौं,” उनले भने।

रुबियोले गाजामा इजरायलको आक्रमणको विरोधमा प्रदर्शन गरिरहेका हजारौँ मानिसहरुको अमेरिकी भिसा रद्द गरेको बताएका छन।

टफ्ट्स युनिभर्सिटीमा विद्यावारिधि गरिरहेकी छात्रा रुमेसा ओज्तुर्कले गाजामा विद्यालयको स्थितिको आलोचना गर्दै एक पत्रिकामा विचार व्यक्त गर्दै लेखेको लेखप्रति सङ्केत गर्दै भिसा रद्द गर्ने अधिकार सरकारमा रहेको बताएका हुन।

नकाबपोशधारी अधिकारीले उनलाई म्यासाचुसेट्सको सडकमा पक्राउ गरेका थिए । हालै एक न्यायाधीशले उनलाई रिहा गर्न आदेश दिएका छन् ।