१ असार २०८२, आइतवार
15 June 2025, Sunday

न्यु जर्सीका  शिक्षक बाल यौन दुव्र्यवहार अभियोगमा पक्राउ

न्यु जर्सीका  शिक्षक बाल यौन दुव्र्यवहार अभियोगमा पक्राउ

न्यु जर्सी — अमेरिकाको न्यु जर्सीस्थित एक उच्च माध्यमिक विद्यालयका शिक्षकलाई बाल यौन दुव्र्यवहार सम्बन्धी सामग्री निर्माण गरेको, बालबालिकाको गोपनीयता हनन गरेको, र आपत्तिजनक भिडियो खिचेर संग्रह गरेको आरोपमा पक्राउ गरिएको छ।

५० वर्षीय एक्सेल पालोमारेस, मोरिस्टाउन निवासी तथा सेन्ट थोमस अक्विनास हाई स्कुल एडिसनका शिक्षक हुन्। उनलाई मंगलबार पक्राउ गरिएको हो।

प्रहरी अनुसार, पालोमारेसमाथि निम्न आरोपहरू लगाइएको छ:

-बाल यौन दुव्र्यवहार सम्बन्धी सामग्री निर्माण,
– बालबालिकाको हितविपरीत कार्य,
– बाल यौन दुव्र्यवहार सामग्रीको अवैध कब्जा,
-तथा गोपनीयताको हनन।

न्यु जर्सी स्टेट प्रहरीले दिएको साइबर टिपको आधारमामिडलसेक्स काउन्टी अभियोजन कार्यालयले अनुसन्धान सुरु गरेको थियो। त्यसपछि पालोमारेसको घरमा खोजतलासी गरी प्रमाण संकलन गरिएको हो।

सेन्ट थोमस अक्विनास हाई स्कुलले आधिकारिक विज्ञप्ति निकाल्दै घटनाप्रति दुःख व्यक्त गरेको छ।

“हामी अत्यन्त मर्माहित भएका छौँ कि हाम्रो विद्यालयका केही विद्यार्थीहरूको गोपनीयता यस्तो घृणित व्यवहारबाट उल्लंघन भएको हुनसक्छ,” विद्यालय प्रशासनले भनेको छ, “हामी विद्यार्थीको सुरक्षा सधैं प्राथमिकतामा राख्छौँ र राज्य, काउन्टी तथा स्थानीय कानुनी निकायसँग पूर्ण सहयोग गरिरहेका छौँ।”

पक्राउ परेका शिक्षक पालोमारेसलाई हाल मिडलसेक्स काउन्टी वयस्क सुधार गृहमा राखिएको छ। न्यायिक सुनुवाइपछि धरौटीमा रिहा हुने वा हिरासतमा राख्ने भन्ने निर्णय गरिनेछ।