६ चैत्र २०८२, शुक्रबार
20 March 2026, Friday

जर्मनीमा अस्पतालमा आगलागी हुँदा तीनको मृत्यु

जर्मनीमा अस्पतालमा आगलागी हुँदा तीनको मृत्यु

बर्लिन– जर्मनीको ह्याम्बर्गस्थित एक अस्पतालको जेरियाट्रिक वार्डको एउटा कोठामा शनिबार राति भएको आगलागीमा परी तीन जनाको मृत्यु भएको छ ।

घटनापछि कैयौँ वृद्ध वृद्धालाई सुरक्षित स्थानमा सारिएको स्थानीय दमकल सेवाले आइतबार जनाएको छ।

अग्नि नियन्त्रक लोरेन्ज हार्टम्यानका अनुसार मारिएन्क्रान्केनहास कारखानामा लागेको आगो आगो भवनको पहिलो तल्लासम्म फैलिएको देखिएको छ ।

उनले भने, ‘हिँडडुल गर्न नसक्ने धेरै वृद्ध वृद्धालाई आगलागी भएको स्थानबाट करिडोरमा सारिएको थियो ।’

अन्य बिरामीको कोठामा आगो फैलिनुअघि नै अग्निनियन्त्रकहरूले आगो नियन्त्रणमा लिन सफल भएको उनले बताए ।

आगलागीको कारण भने खुल्न सकेको छैन ।