३१ जेष्ठ २०८२, शनिबार
14 June 2025, Saturday

ओरेगनको सालेममा बेघर नागरिक सेवा केन्द्रमा छुरा प्रहार, ११ जना घाइते

ओरेगनको सालेममा बेघर नागरिक सेवा केन्द्रमा छुरा प्रहार, ११ जना घाइते

ओरेगन — सालेम शहरको डाउनटाउन क्षेत्रमा अवस्थित Union Gospel Mission मा आइतबार राति भएको छुरा प्रहार घटनामा ११ जना घाइते भएका छन्।

घटनापछि सालेम प्रहरीले एक जना पुरुषलाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ। प्रहरीले साँझ ७:१५ बजे उक्त हिंसात्मक घटना भएको जानकारी दिएको हो।

प्रहरी प्रवक्ता एन्जेला हेड्रिकका अनुसार घाइतेहरूलाई सालेम अस्पताल पुर्‍याइएको छ। उनीहरूको अवस्था सम्बन्धी विस्तृत जानकारी भने तत्काल उपलब्ध नभएको अस्पतालले जनाएको छ।

Union Gospel Mission नामक गैरनाफामूलक संस्था सन् २०२१ मा खोलिएको ५०,००० वर्गफुट क्षेत्रफलको संरचना हो। यो स्थल सालेम प्रहरीले रहेको भवनको ठीक अगाडि पर्छ।

संस्थाका कार्यकारी निर्देशक क्रेग स्मिथका अनुसार आक्रमणकारी शनिबार राति पहिलो पटक मिसनमा बसेका व्यक्ति थिए र आइतबार पुनः बस्न आएका बेला उनी अचानक आक्रोशित भए।

“केही कुराले उनलाई झस्कायो र उनले झोलाबाट चक्कु निकालेर आक्रमण गरे,” स्मिथले बताएका छन्।
प्रवेशको समयमा झोला बुझाउनु पर्ने प्रक्रिया अघि नै उनले हमला सुरु गरेको बताइएको छ।

हमलामा एक स्टाफ सदस्य पनि घाइते भएको पुष्टि गरिएको छ।

संस्थाले आफ्नो वेबसाइटमार्फत रोज १५० जना मानिसलाई खाना, परामर्श र आवास सेवा प्रदान गर्ने जनाएको छ।

क्रेग स्मिथका अनुसार पीडितहरू भित्रको डे-रुम र भवनको बाहिर दुबै ठाउँमा भेटिएका थिए। सुरक्षा क्यामेरामा पूरै घटना कैद भएकाले भिडियो प्रहरीले अनुसन्धानका लागि प्रयोग गर्ने बताइएको छ।

“सबै फुटेज प्रहरीले पाएको छ। घटना पूरै भिडियोमा छ,” स्मिथले बताएका छन्।

यस घटनाले बेघर जनसंख्याका लागि खुल्ला सेवा केन्द्रहरूमा सुरक्षाको चुनौती थप उजागर गरेको छ। अनुसन्धान जारी रहेको सालेम प्रहरीले जनाएको छ।