२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

न्यूयोर्कको घरमा आगलागी : दुई बालबालिकासहित तीन जनाको मृत्यु

न्यूयोर्कको घरमा आगलागी : दुई बालबालिकासहित तीन जनाको मृत्यु

न्यूयोर्क, अरेन्ज काउन्टी — शनिबार राति न्यूयोर्क राज्यको गोशेनस्थित पुलास्की हाइवेमा रहेको एक घरमा लागेको भीषण आगलागीमा परी दुई बालबालिकासहित तीन जनाको मृत्यु भएको छ।

आगो लागेपछि राति ८ बजेपछि उद्धारकर्मी र राज्य प्रहरी घटनास्थल पुगेका थिए। उनीहरू पुग्दा पूरा घर जलेर भष्मिएको थियो।

१२ र १७ वर्षका दुई बालबालिकालाई उद्धार गरी अस्पताल लगिएको थियो, तर उपचारका क्रममा दुबैको निधन भएको प्रहरीले जनाएको छ।

उद्धारको क्रममा अग्निनियन्त्रकहरूले ५० वर्षीय शेन मुनको शव घरभित्र फेला पारेका थिए। बालबालिकाहरूको नाम भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।

आगोलागीको कारण हालसम्म खुल्न नसकेको र घटनाबारे बहु-निकायको संयुक्त अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।