२७ फाल्गुन २०८२, बुधबार
11 March 2026, Wednesday

ICE विरोधमा भाडामा प्रदर्शनकारी भेला गर्ने प्रयास, अमेरिकी सांसदले छानबिन थाल्दै

ICE विरोधमा भाडामा प्रदर्शनकारी भेला गर्ने प्रयास, अमेरिकी सांसदले छानबिन थाल्दै

लस एन्जलस- अमेरिकाको विभिन्न शहरहरूमा भइरहेको ICE (इमिग्रेशन एण्ड कस्टम्स एन्फोर्समेन्ट) विरुद्धको प्रदर्शनमा भाडामा प्रदर्शनकारी सहभागी गराउने उच्च बजेट प्रस्तावहरू आएको खुलासा भएको छ। क्यालिफोर्नियाको ‘Crowds on Demand’ नामक कम्पनीले आफूलाई यस्तो प्रस्ताव आएको तर अवैध गतिविधिमा नजाने निर्णय लिएको बताएको छ।

यसै सन्दर्भमा अमेरिकी सांसद जोश हावलीले केही संघसंस्थाले हिंसात्मक विरोधलाई आर्थिक र भौतिक सहयोग गरेको आशंकामा छानबिन सुरु गरेको घोषणा गरेका छन्। विशेष गरी CHIRLA नामक संस्था, जसले गभर्नर ग्याभिन न्युसमलाई ठूलो चन्दा दिएको र त्यसपछि राज्य सरकारबाट ३४ मिलियन डलर अनुदान प्राप्त गरेको उल्लेख गरिएको छ।

लस एन्जलसमा हिंसात्मक प्रदर्शनका कारण कर्फ्यु लगाइएको छ भने मेयर करेन बासले शान्तिपूर्ण विरोधस्वरूप हिंसाको समर्थन नहुने स्पष्ट पार्दै कानुन तोड्नेहरूलाई कारबाही गरिने बताएकी छन्।

संघीय निकायहरूले यस किसिमको संगठित हिंसात्मक गतिविधिमा संलग्न हुनेलाई कानूनअनुसार कडा कारबाही गरिने चेतावनी दिएका छन्।