२ असार २०८२, सोमवार
16 June 2025, Monday

भारतमा हेलिकप्टर दुर्घटनामा बालकसहित सात जनाको मृत्यु

भारतमा हेलिकप्टर दुर्घटनामा बालकसहित सात जनाको मृत्यु

देहरादून (भारत)- भारतको उत्तराखण्डमा हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आइतबार बिहान केदारनाथ जाँदै गरेको हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । हेलिकोप्टरमा ६ जना सवार थिए ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार, देहरादुनबाट उडेको उक्त हेलिकोप्टरको गौरीकुण्ड नजिक पुगेपछि हवाई ट्राफिक कन्ट्रोलसँग सम्पर्क टुटेको थियो । पछि त्रिजुगीनारायण र गौरीकुण्डको बीचमा हेलिकोप्टरको भग्नावशेष फेला परेको एएनआईले जनाएको छ ।

प्रारम्भिक रिपोर्टहरूले खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनामा परेको देखाएका छन् । कानुन र व्यवस्था हेर्ने अतिरिक्त महानिर्देशक डा. वी. मुरुगेशनले हेलिकोप्टरमा ६ जना सवार रहेको पुष्टि गरे । मृत्युको आधिकारिक पुष्टि हुन भने बाँकी रहेको उनले बताए ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले राज्य आपदा प्रतिक्रिया बल (एसडीआरएफ), स्थानीय प्रशासन र अन्य निकायहरूले दुर्घटनास्थलमा उद्धार गरिरहेको बताएका छन् ।  यो केदारनाथ मार्गमा भएको पहिलो हेलिकोप्टर दुर्घटना भने होइन ।

यसअघि सन् २०२२ अक्टोबरमा पनि तीर्थयात्री बोकेको हेलिकोप्टर सोही क्षेत्रमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको थियो ।