न्यूजर्सीको न्यूआर्कबाट फरार भएका चार मध्ये दुई अवैध आप्रवासी पक्राउ
- ०२ असार २०८२
- १ मिनेटको पढाई
न्यूजर्सी — अमेरिकी संघीय अनुसन्धान ब्युरो (FBI) ले न्यूजर्सीको डिलानी हल नामक निजी प्रवासी हिरासत केन्द्रबाट भागेका चार अवैध आप्रवासीमध्ये दुई जनालाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ।
फरार भएको चार जनालाई अमेरिकी गृह सुरक्षा विभागले “सार्वजनिक सुरक्षामा खतरा पुर्याउने” आप्रवासीको रूपमा वर्णन गरेको छ। उनीहरूले जुन १२ को साँझ न्यूआर्कस्थित Delaney Hall ICE detention facility बाट भागेका थिए।
FBI ले पक्राउ परेका दुईको नाम जोएल एनरिक स्यान्डोवाल-लोपेज र जोन सेबास्टियन कास्टानेडा-लोजाडा रहेको जनाएको छ। बाँकी दुई फ्रान्कलिन नोर्बर्टो बाउटिस्टा-रेयेस र आन्द्रेस फेलिपे पिनेडा-मोगोलोन अझै फरार छन्।
चारै जना हन्डुरसका नागरिक हुन्। DHS ले फरार दुई जनाको जानकारी दिने व्यक्तिलाई १० हजार डलर इनाम दिने घोषणा गरेको छ।