चार देशका पाँच लाख आप्रवासीलाई अमेरिका छोड्न आदेश हुँदै
- ०२ असार २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- संयुक्त राज्य अमेरिकामा विशेष अनुमति (ह्युमेनिटेरियन परोल) लिएर बसेका क्युवा, हेइटी, निकारागुआ र भेनेजुएलाका करिब पाँच लाख आप्रवासीलाई अब अमेरिका छाड्न भनिने भएको छ। अमेरिकी गृह सुरक्षा विभाग (DHS) ले विज्ञप्ति जारी गर्दै यस्तो अनुमति अन्त्य गर्ने निर्णय लिएको हो।
बाइडन प्रशासनले २०२४ नोभेम्बरसम्म ती आप्रवासीलाई अमेरिका बस्ने सुविधा दिएको थियो। तर ट्रम्प प्रशासनले यो कार्यक्रम अमेरिकी सुरक्षाका लागि खतरा भएको भन्दै आलोचना गर्दै आएको थियो।
अहिले पनि कानुनी चुनौतीहरू जारी छन् र सर्वोच्च अदालतले विशेष अनुमति खारेज गर्ने निर्णयलाई हाल रोक लगाएको छ।
DHS ले स्वेच्छाले फर्कन चाहनेहरूलाई यात्रा खर्च र $1000 बोनस दिने प्रस्ताव पनि गरेको छ। यो नीति कति मानिसमा लागू हुन्छ भन्ने भने अझै स्पष्ट छैन।