ट्रम्प : सबैले तुरुन्तै तेहरान खाली गर्नुपर्छ !
- ०३ असार २०८२
- १ मिनेटको पढाई
इजरायल-इरान द्वन्द्व भइरहेका बेला अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको राजधानी तेहरान तुरुन्तै खाली गर्न सल्लाह दिएका छन्।
ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमार्फत तेहरान खाली गराउन सुझाव दिएका हुन्।
उनले लेखेका छन्, ‘मैले भनेको ‘सम्झौता’मा इरानले हस्ताक्षर गर्नुपर्थ्यो। कस्तो लाजमर्दो कुरा हो, र, मानव जीवनको बर्बादी।’
नले अगाडि लेखेका छन्, ‘सरल शब्दमा भन्नुपर्दा इरानसँग आणविक हतियार हुन हुँदैन। मैले यो बारम्बार भनेको छु। सबैले तुरुन्तै तेहरान खाली गर्नुपर्छ।’
यसअघि ट्रम्पले ‘इरानले यो युद्ध जितिरहेको छैन’ भनेका थिए।
गत शुक्रबार इजरायलले आक्रमण गरेपछि इरानले पनि जवाफी हमला गरिरहेको छ।
चौथो दिन सोमबारसम्म इजरायलको आक्रमणबाट इरानमा २२४ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमा इरानी सेनाको नेतृत्वदायी टोलीदेखि आणविक वैज्ञानिक र सर्वसाधारणसम्म छन्।
इरानको हमलाले इजरायलतर्फ चौथो दिनसम्म २४ मारिएको त्यहाँको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।