२८ फाल्गुन २०८२, बिहिबार
12 March 2026, Thursday

सेन्ट्रल पार्कमा पैदल यात्रुसँग ठोक्किँदा साइकलयात्रीको मृत्यु

सेन्ट्रल पार्कमा पैदल यात्रुसँग ठोक्किँदा साइकलयात्रीको मृत्यु

न्युयोर्क- न्युयोर्क शहरको सेन्ट्रल पार्कमा एक साइकलयात्रीको पैदल यात्रुसँग ठोक्किएर मृत्यु भएको छ। प्रहरीका अनुसार ब्रोनक्स निवासी ४३ वर्षीय साल्भाडोर निको-गार्सियाको घटनास्थलमा गम्भीर घाइते भइ उपचारका क्रममा ज्यान गएको हो।

बुधवार पूर्व ड्राइभमा उत्तरतर्फ गइरहेका निको-गार्सिया पैदल यात्रु ४१ वर्षीय पुरुषसँग क्रसवाकमा ठोक्किएका थिए। ठक्कर यति बलियो थियो कि उनी साइकलबाट खस्न पुगे र टाउको फुटपाथमा ठोक्किएको थियो।

गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएका निको-गार्सियाको पछि निधन भयो। पैदल यात्रीको बाँया हातमा सामान्य चोट लागेको र उनले घटनास्थलमै उपचार लिन अस्वीकार गरेको प्रहरीले जनाएको छ।

यस घटनासम्बन्धी कसैलाई पक्राउ गरिएको छैन। अनुसन्धान जारी रहेको NYPD ले जनाएको छ।

यसैबीच, बिहीवार सेन्ट्रल पार्कमा अर्काे दुर्घटना भएको थियो। एउटा रुखमुनि उभिएका किशोरलाई चट्याङ लाग्दा घाइते भएका थिए। ती किशोरको अवस्थाबारे शुक्रवारसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन।