२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

इजरायल र अमेरिकाको संयुक्त कदम, अमेरिकाद्वारा इरानका तीन आणविक केन्द्रमा आक्रमण

इजरायल र अमेरिकाको संयुक्त कदम, अमेरिकाद्वारा इरानका तीन आणविक केन्द्रमा आक्रमण

वाशिंगटन- अमेरिकाले इरानमा रहेका तीन परमाणु क्षेत्रमा आक्रमण गरेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले इरानको फोर्दो, नटान्ज र एस्फहानमा रहेका परमाणु केन्द्रहरूमा बम हमला गरेको पुष्टि गरेका छन् ।  इरानमा पूर्ण भारका बमहरू खसालेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘विश्वमा अर्को कुनै सेना यो गर्न सक्दैन ।’

उनले भने, ‘हामीले इरानमा रहेका तीन परमाणु क्षेत्रमा हाम्रो धेरै सफल आक्रमण पूरा गरेका छौँ, जसमा फोर्दो, नातान्ज र एस्फहान समावेश छन्। सबै विमानहरू हाल इरानको हवाई क्षेत्रबाहिर छन्। प्राथमिक साइट, फोर्दोमा पूर्ण भारको बमहरू खसालिएको छ। सबै विमानहरू सुरक्षित रूपमा घर फर्कने बाटोमा छन्। हाम्रा महान् अमेरिकी योद्धाहरूलाई बधाई। विश्वमा अर्को कुनै सेना यो गर्न सक्दैन। अब शान्तिको समय हो !’

इरानका विदेशमन्त्री आवास अराघचीले इजरायल–इरान द्वन्द्वमा अमेरिकाको संलग्नता ‘खतरनाक’ हुने चेतावनी दिएका थिए । दुई देशबिचको युद्ध थप चर्किरहकै वेला विदेशमन्त्रीको चेतावनीलाई बेवास्ता गर्दै आज बिहान अमेरिकाले इरानमाथि बम हमला गरेको हो ।