सलमान खानलाई भएको ‘ब्रेन एन्युरिजम्’ के हो? जान्नुहोस् लक्षण, कारण, उपचार र बच्ने उपाय
- ११ असार २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- बलिउड अभिनेता सलमान खानले आफू -ब्रेन एन्युरिजम्- नामक मस्तिष्कसम्बन्धी रोगबाट पीडित रहेको खुलासा गरेपछि यसबारे चासो बढेको छ। एन्युरिजम् भन्नाले मस्तिष्क वा शरीरका अन्य भागका रक्तनलीहरू (धमनी) कमजोर भई फुल्ने अवस्थालाई जनाइन्छ। मस्तिष्कमा हुने एन्युरिजम् अधिक खतरनाक मानिन्छ, विशेषतः फुटेमा यो -सबरएक्नोइड हेमोरेज- नामक गम्भीर अवस्था निम्त्याउँछ।
ब्रेन एन्युरिजम् तीन प्रकारका हुन्छन्:
1. साक्यूलर (बेरी) एन्युरिजम् – धेरैजसो पाइने, थैलीजस्तो फुल्ने।
2. फ्यूजिफर्म एन्युरिजम् – धमनी चारैतिर सुन्निने।
3. माइकोटिक एन्युरिजम् – संक्रमणका कारण उत्पन्न।
फुटेपछि देखिने लक्षणहरू:
– अचानक असह्य टाउको दुखाइ
– गर्दन कडिने
– बान्ता
– उज्यालो हेर्न गाह्रो हुने
– आँखामा दृष्टि परिवर्तन
मुख्य कारणहरू:
– धूमपान
– उच्च रक्तचाप
– आनुवंशिक कारण
– टाउकोमा चोट
– नशालु पदार्थको सेवन
उपचारका विधिहरू:
1. सर्जिकल क्लिपिङ – कमजोर रक्तनली बन्द गर्न क्लिप लगाइन्छ।
2. इन्डोभास्कुलर ट्रीटमेन्ट – रक्तनलीभित्र धातुको कोयल हाल्ने प्रक्रिया।
3. फ्लो डाइभर्सन – स्टेन्ट लगाएर रगतको प्रवाह फेर्ने उपचार।
बच्ने उपायहरू:
– धूमपान नगर्नु
– रक्तचाप नियन्त्रणमा राख्नु
– तौल सन्तुलनमा राख्नु
– नशालु पदार्थबाट टाढा रहनु
ब्रेन एन्युरिजम् गम्भीर तर समयमै पत्ता लागे नियन्त्रण योग्य रोग हो। सलमान खानजस्ता व्यक्तिले खुलेर यसबारे बोलेपछि जनचेतना बढेको छ, तर यस्तो अवस्थालाई हेलचक्राइ नगरी चिकित्सकीय परामर्श लिँदै सावधानी अपनाउनु जरुरी हुन्छ।