२५ फाल्गुन २०८२, सोमवार
9 March 2026, Monday

न्यू जर्सी ट्रान्जिटमा नयाँ भाडादर लागू — यात्रुहरूले अब बढी तिर्नुपर्ने

न्यू जर्सी ट्रान्जिटमा नयाँ भाडादर लागू — यात्रुहरूले अब बढी तिर्नुपर्ने

न्युयोर्क- मंगलबार, जुलाई १- देखि न्यू जर्सी ट्रान्जिट (NJ Transit) मा नयाँ भाडादर लागू हुँदैछ। यात्रुहरूले अब प्रत्येक यात्रामा अधिक शुल्क तिर्नुपर्नेछ।

के के परिवर्तन भयो?

– बस र लाइट रेलको न्यूनतम भाडा: \$1.80
– रेल सेवा सुरु हुने भाडा: \$1.70
– लाइट रेल अधिकतम: \$2.55
– बस अधिकतम: \$55
– रेल अधिकतम: \$23+

यो ३% भाडा वृद्धि NJ Transit को \$106 मिलियन घाटा पूर्ति गर्न लागू गरिएको हो।

भाडा निर्धारण कसरी हुन्छ?

भाडा यात्राको दूरी, रुट र ट्राभल जोनका आधारमा निर्धारण गरिन्छ।

बस यात्रा गर्नुपर्ने प्रक्रिया:

1. NJ Transit एप डाउनलोड गर्नुहोस्
2. खाता खोल्नुहोस् र कार्ड जानकारी प्रविष्ट गर्नुहोस्
3. -“Buy Tickets” → “Bus” → Origin & Destination- छान्नुहोस्
4. बोर्ड गर्दा टिकट एक्टिभ गरेर ड्राइभरलाई देखाउनुहोस्

यदि तपाईं बस परिवर्तन गर्दै हुनुहुन्छ भने, हरेक यात्राको लागि छुट्टाछुट्टै टिकट लिनुपर्छ।

लाइट रेल यात्रा प्रक्रिया:

1. एप डाउनलोड गर्नुहोस् वा प्ल्याटफर्मको मेसिनबाट टिकट किन्नुहोस्
2. खाता खोल्नुहोस्
3. -“Buy Tickets” → “Light Rail” → Route- छान्नुहोस्
4. टिकट एक्टिभ गरेर यात्रा भरी साथमा राख्नुहोस्

कागजी टिकट भएमा भ्यालिडेटर मेसिनमा हाल्नुहोस्।

रेल यात्रा प्रक्रिया:

1. एप वा स्टेशनमा रहेको मेसिन प्रयोग गर्नुहोस्
2. खाता खोली कार्ड जानकारी राख्नुहोस्
3. -“Buy Tickets” → “Rail” → Origin & Destination- छान्नुहोस्
4. टिकट यात्राभरी साथमा राख्नुहोस् र माग्दा कन्डक्टरलाई देखाउनुहोस्

छूट दरहरू:

– उमेर ५–११ र ६२ वर्षभन्दा माथिका यात्रुहरू को लागि विशेष छूट दर उपलब्ध छ।
– पूर्ण विवरण NJ Transit को वेबसाइटमा हेर्न सकिन्छ।

यात्रा योजनाका लागि:

– NJ Transit एप मा -Trip Planner- सुविधा प्रयोग गर्न सकिन्छ।

तपाईंको गन्तव्य, स्थानान्तरण, स्मार्टफोन नभएको अवस्था वा विशेष स्टेसनको लागि विस्तृत गाइड NJ Transit को वेबसाइटमा हेर्न सक्नुहुन्छ।